चश्मा प्रयोग गर्नुपर्ने अवस्थाहरु

चश्मा प्रयोग गर्नुपर्ने अवस्थाहरु
+
-

हामीमध्ये जसले पुराना क्यामेरा देखेका थियौं, ती क्यामेरामा लेन्सलाई घुमाएर नजिक, टाढाको फोकस गर्न मिल्थ्यो । अचेल सब‌ैको हातमा मोबाइल फोनयुक्त क्यामेरा छ, केही घुमाउन नपर्ने। फोटा शायद त्यति गुणस्तरीय नआए पनि राम्ररी खिच्न मिल्ने। हाम्रा आँखाहरु पनि फोकस गर्न मिल्ने क्यामेराजस्तै हुन्, टाढा नजिक जे पनि फोकस गरेर सफा देख्न सकिने, तथापि जनसंख्यामा कतिपय मान्छेले चश्मा प्रयोग गरेको हामी सबैले देखेकै छौं। कतिपय मान्छेले चश्मा प्रयोग नगरे किन सफा देख्दैनन् त? त्यस बारेमा आज जानकारी लिउँ।

वयस्क व्यक्तिका आँखा साधारणतया गोलाकार हुन्छन् तथा सामान्य ब्यक्तिका आँखा अन्दाजी २४ मिलिमिटर (मिमी) को आकारका हुन्छन्। भर्खर जन्मेका बच्चाका आँखा १६.५ मिमीको आकारका हुन्छन्, जुन बिस्तारै अन्दाजी ७ वर्षको उमेरमा वयस्कको आकारका हुन्छन् तथापि कतिपयमा १८-२० को उमेरसम्म आँखाको आकार बढदै जान सक्छ। यही सामान्य भन्दा आँखाका आकार ठूलो-सानो हुँदा चश्मा लगाउनुपर्ने आवश्यकता हुन्छ।

आँखा सामान्य भन्दा ठूलो आकारको भएमा त्यस्ता ब्यक्तिको आँखामा Myopia भन्ने समस्या भएको भनिन्छ। त्यस्तै कुनै ब्यक्तिका आँखा सामान्य भन्दा सानो भएमा उस्लाई Hypermetropia भन्ने समस्या भएको भनिन्छ। त्यस्तै केही ब्यक्तिमा आँखाको Corneaको बक्रता (curvature)मा असमानता भएको कारण चश्मा लगाउनु पर्छ तथा यस्लाई Astigmatism भनिन्छ।

जनसंख्याको आधारमा अन्दाजी ४०-४५ बर्ष पुगेका ब्यक्तिहरु जस्ले पहिला बिना चश्मा सफा देख्नु हुन्थ्यो भने उमेरको असरका कारण नजिकका काम जस्तै पढन्, सियोमा धागो हाल्न, चामल इत्यादि केलाउन चश्मा लगाउने आवश्यकता पर्छ, यो कुनै समस्या नभई ढल्किँदो उमेरको असर हो, यस्लाई चालिसे लागेको पनि भन्ने गरिन्छ अर्थात ४० बर्षको उमेरमा सुरु हुने समस्या, यस्लाई Presbyopia भनिन्छ।

अब चश्मा प्रयोग गर्नु पर्ने समस्याहरु बारे जानकारी लिउँ।

Myopia: चश्मा प्रयोग गर्नुपर्ने यो समस्या बढदो उमेरका तथा अन्य मान्छेमा सबभन्दा बढ्ता पाइने समस्या हो, माथि लेखेझैँ यो समस्या आँखाको आकार सामान्य २४ मिमी भन्दा बढ्ता भएको कारणले हुन्छ र यो समस्या धेरैमा, उमेर बढदा अझ बढदै जाने गर्दछ। साधारणतया १८-२० बर्षको उमेरमा गएर यो स्थिर हुन्छ। यस्को प्रमुख लक्षण टाढाको सफा देख्न नसक्ने हो। तथापि नजिकको हेर्न समस्या हुँदैन। यदि कुनै बच्चाले TV नजिक गएर हेर्न रुचाउँछ भने उस्लाई यो समस्या भएको हुन सक्छ, सकेसम्म चाँडै बिशेषज्ञ चिकित्सकसँग जाँच गराउनु पर्छ। आँखाको जाँच पश्चात माइनस पावरको लेन्स प्रयोग गरेर Myopiaको उपचार गरिन्छ साथै उमेर बढ्दा पावर पनि बढने सम्भावना भएकोले चिकित्सकको सल्लाह मुताबिक आँखाको जाँच गराउँदै गर्नुपर्छ।

Hypermetropia: चश्मा प्रयोग गर्नुपर्ने यो समस्या आँखाको आकार सामान्य २४ मिमी भन्दा कम भएको कारणले हुन्छ र Myopiaको अपेक्षा पावर बढने सम्भावना कम हुन्छ। यो समस्यामा टाढा भन्दा नजिक सफा देख्न बढ्ता गाह्रो हुन्छ साथै चश्माको प्रयोग नगरेको कारण खासगरि लेखपढ तथा नजिकका अन्य काम गर्दा धमिलो देख्नुका साथै टाउको पनि दुख्दछ। यो समस्यालाई प्लस पावरको चश्मा प्रयोग गरेर ठीक गरिन्छ, तथा चिकित्सकको सल्लाह मुताबिक बेलाबेलामा आँखा जचाउँदै गर्नुपर्छ।

केही मान्छेमा प्लस पावर खालि नजिकको लागि मात्र प्रयोग गरिन्छ या गर्नुपर्छ भन्ने बिश्वास छ, तर यस्तो होइन। आँखामा हुने समस्या अनुसार टाढाको लागि पनि प्लस पावरको चश्मा प्रयोग गर्नु पर्ने हुनसक्छ। चाहे Myopia होस् या Hypermetropia, चिकित्सकले दिएको चश्मा नजिकटाढा दुबैका लागि प्रयोग गर्न आवश्यक छ। मलाई जब कसैले सोध्थ्यो, डाक्टर साहेब चश्मा सधै लाउनु पर्छ र? मेरो जवाफ हुन्थ्यो: सधैँ पर्दैन। सुत्दा, नुहाउँदा अनि मुख धुँदा फुकाल्न मिल्छ। यो जवाफ अहिले पनि सान्दर्भिक छ।

अब कुरा गरौं आँखाको Cornea जस्लाई नेपालीमा पारदर्शक पटल भनिन्छ, त्यस्को Curvature अथवा बक्रता असमान भएका कारण हुने समस्या जस्लाई Astigmatism भनिन्छ। Cornea आँखाको अगाडि हुने पारदर्शक भाग हो। यो हाम्रो आँखाको नानी भन्दा अगाडि हुन्छ र यस्को बाटो हुँदै प्रकाश आँखाको पर्दामा जानू पर्ने भएकोले पारदर्शक हुन्छ। Corneaको बक्रता horizontal र verticalमा नापिन्छ र धेरै जसो मान्छेमा curvature समाननै हुन्छ तर केहिमा यो curvature असमान भएको कारण आँखाभित्र जाने प्रकाश असमान तरिकाले फोकस हुँदा सफा देखिन्न। यो समस्यामा टाढा र नजिक दुबै धमिलो देखिन्छ तथा आँखाको प्रयोग गरेको केही समय पछि टाउको पनि दुख्न थाल्छ।

हाम्रा आँखाहरु पनि फोकस गर्न मिल्ने क्यामेराजस्तै हुन्, टाढा नजिक जे पनि फोकस गरेर सफा देख्न सकिने, तथापि जनसंख्यामा कतिपय मान्छेले चश्मा प्रयोग गरेको हामी सबैले देखेकै छौं। कतिपय मान्छेले चश्मा प्रयोग नगरे किन सफा देख्दैनन् त?

यो समस्यालाई ठीक गर्न पनि चश्माकै प्रयोग गर्नु पर्छ तर Myopia र Hypermetropiaको अपेक्षा चश्मामा Cylindrical लेन्सको प्रयोग द्वारा दृष्टिको सुधार हुन्छ। चश्मा प्रयोग पश्चात् बिशेषज्ञको सल्लाहमुताबिक समय समयमा आँखाको जाँच गराउन बिर्सनु हुन्न।

अब कुरा गरौं बढदो उमेरका कारण नजिक हेर्न गार्हो हुने समस्याको बारेमा। यो समस्या साधारणतया ४० बर्षको उमेर पश्चात् हुन्छ र यस्लाई नेपालीमा चालिसे लागेको पनि भनिन्छ। यो Presbyopia हो र यस्लाई उमेरको आधारमा प्लस लेन्सको प्रयोगले ठीक गरिन्छ। यो समस्या आँखाको फोकस गर्ने क्षमतामा आएको कमिले हुने हो तथा उमेर बढदै जाँदा आँखाको फोकस गर्नसक्ने क्षमता अझ कम हुँद‌ै जाने हुँदा प्रयोग गर्नु पर्ने चश्माको पावर पनि बढदै नै जान्छ र करिब ६० बर्षको उमेरमा हाम्रा आँखाको फोकस गर्न सक्ने क्षमतामा पूर्णरुपमै र्‍हास आउने हुँदा ६० बर्ष पछि चश्माको पावरमा साधारणतया परिवर्तन आउँदैन।

चश्मा प्रयोग गर्नुपर्ने यत्रा जटिल नाम सुनेर आत्तिनु पर्दैन खालि समय समयमा आँखा जाँच गराएर आँखालाई स्वस्थ्य राख्नुपर्छ। आँखा भनेको जीवनको सबभन्दा महत्वपूर्ण अंग भएको कुरा बिश्वब्यापी गरिएको सर्बेक्षणले पनि देखाएको छ अतएब आँखाको हेरबिचारमा होशियारी अपनाउँ।

(डा. अमर देउजाले एम बिबिएस, डिओएमएस तथा एमएस गरेका छन्। उनी जलबिन्दुमा विशेष तालिम लिएका नेत्र रोग बिशेषज्ञ हुन्।)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?