
काठमाडाैँ- संघीय संसद्का दुवै सदनको चालु अधिवेशन सोमबारदेखि अन्त्य हुँदैछ।
आज राष्ट्रपति रामचन्द्र पाैडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन आज राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गरेका हुन्।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद् राष्ट्रियसभा र प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न पौडेलसमक्ष सिफारिस गरेको थियाे।