कैदी फरार प्रकरण: झापा प्रशासनले गठन गर्यो छानबिन समिति

कैदी फरार प्रकरण: झापा प्रशासनले गठन गर्यो छानबिन समिति
+
-

झापा- झापा कारागारका कैदी फरार भएको घटनाका विषयमा जिल्ला प्रशासन कार्यालय झापाले छानबिन गर्न समिति गठन गरेको छ।

जबरजस्ती करणी मुद्दामा पक्राउ परेका कैदी फरार भएपछि झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो।

भद्रपुर नगरपालिका- ५ घर भएका २४ वर्षीय जीवन साह शनिबार बिहान प्रहारीलाई छलेर अस्पतालबाट फरार भएका थिए। साहलाई झापा जिल्ला अदालतले १६ वर्षीया बालिकालाई जबरजस्ती करणी मुद्दाको आरोपमा पुर्पक्षका लागि गत भदौ ५ गते झापा कारागारमा चलान गरेको थियो।

छातीमा समस्या भएपछि साहलाई भदौ २५ गते प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। उनलाई प्रादेशिक अस्पतालबाट ओमसाई पाथीभरा अस्पतालमा रेफर गरिएको थियो। उनी सोही अस्पतालबाट प्रहरीलाई छलेर फरार भएका थिए।

ओमसाई पाथीभरा अस्पतालमा उपचाररत साहलाई शनिवार बिहान ३: ४० बजे सोही अस्पतालको शौचालय लगिएकोमा शौचालयबाटै उनी फरार भएका हुन्।

फरार भएका साह भद्रपुर- ३ स्थित झोलुङ्गे पुल हुँदै मेचीपारि नाकाबाट भारततर्फ भागेको बताइएको छ। उनले श्रीमतीलाई समेतसँगै लिएर भारततर्फ लागेको बताइन्छ।

भद्रपुरस्थित ओमसाइ पाथीभरा अस्पतालमा उपचाररत उनी अस्पतालको दोस्रो तलाको दुई नम्बर क्याबिनमा बसेका थिए। उनी शौचालय जाने बहाना बनाएर अस्पतालबाट फरार भएको बताइएको छ।

साहको सुरक्षाका लागि प्रहरी सहायक हवल्दार धनेश्वर यादव, प्रहरी जवानद्वय दिपेन मण्डल र सामकुमार राई खटिएका थिए। उनीहरूलाई साहकी श्रीमतीले मादक पदार्थ सेवन गराएको र प्रहरीलाई छक्याएर साह श्रीमतीसहित स्कूटर लिएर अस्पतालबाट फरार भएको अस्पतालको सिसी टिभी फुटेजमा देखिएको छ।

साहको सुरक्षामा खटिएका तीनै जना प्रहरीलाई निलम्बनको प्रक्रिया अगाडि बढाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?