मस्तिष्क ‘इमप्लान्ट’ जसले बदल्दै छ विश्व

मस्तिष्क ‘इमप्लान्ट’ जसले बदल्दै छ विश्व
+
-

६४ वर्षीय मार्क, जो ‘एमियोट्रोफिक लेटरल स्क्लेरोसीस (एएलएस)’ एक प्रकारको शारीरिक पक्षघातबाट प्रभावित ब्यक्ति हुन्। उनले जीवनमा आफ्नो उपयोगिता यही रोगका कारण अन्त भएको महसुस गरेका थिए। तर, अहिले प्रविधिको प्रयोगसँगै उनले ‘अमेजन एलेक्सा’को निरन्तर प्रयोग गर्न सक्षम भएका छन्। त्यसको कारण मस्तिष्कमा लगाइएको ‘इम्प्लामेन्ट’ हो। जसले आफ्नो विचारबाटै भर्चुअल असिस्टेन्टहरूलाई नियन्त्रणमा राख्न सक्छ।

एएलएसले मस्तिष्क र मेरुदण्डमा रहेका स्नायु कोषिकाहरूलाई असर गर्छ। जसले समयसँगै मांसपेशीको नियन्त्रण गुम्न जान्छ। मार्क, जसले आफ्नो थर सार्वजनिक नगर्न सर्तमा भने,’आफ्नो अवस्थाको कारण गतिशीलता सीमित भएँ। हिँड्न र बोल्न असक्षम भएँ। आफ्नो हात र बलको प्रयोग गर्न असक्षम भएँ।’ तर, अहिले उनी एक क्लिनिकल ट्रायलको क्रममा रहेको र गत अगस्त २०२३ मा ‘स्यानक्रोन’ (Synchron) नामक स्टार्टअपले बनाएको ब्रेन-कम्प्युटर इन्टरफेस (BCI) लाई ‘इम्प्लान्ट’ गर्दा उनले आफ्नो सोचबाटै भर्चुअल दुनियाँलाई नियन्त्रण गर्न सक्ने सुविधा उपभोग गर्न सक्षम भएका छन्।

स्यानक्रोनले यस्तो बीसीआइ विकास गरिरहेको छ। जसले मस्तिष्कका संकेतहरूलाई डिकोड गरेर पक्षाघात भएका व्यक्तिहरूलाई मात्र विचारको सहायताले डिजिटल उपकरणहरू नियन्त्रण गर्न सक्षम बनाउँछ। सोमबार कम्पनीले सफलताको एउटा अर्को अध्यायको घोषणा गर्दै भन्यो,’अब बीसीआइ बिनानै आवाज वा टचस्क्रिनको सहायताले एलेक्सालाई निर्देशन गर्न सकिन्छ।’ अर्थात बोल्न सक्ने व्यक्तिले  बोलेर नियन्त्रण गर्न सक्छ। स्यानक्रोनका अनुसार मार्क एलेक्सासँग बीसीआइको प्रयोग गर्ने पहिलो व्यक्तिसमेत बनेका छन्।

‘पक्षाघात भएका व्यक्तिहरू आफ्नो अभिव्यक्तिको स्वतन्त्रता गुमाउँछन्’ स्यानक्रोनका सीईओ थोमस आक्सली,’ भन्छन्। कम्पनीले आफ्ना बीसीआइ प्रणालीलाई उपभोक्ता प्रविधिसँग जोडेर बिरामीहरूलाई केही स्वतन्त्रता फिर्ता दिन चाहन्छ।

स्यानक्रोन तीनमध्ये एक कम्पनी हो। जसमा एलोन मस्कको न्युरालिंक पनि समावेश छ। जो बीसीआइ व्यवसायीकरण गर्ने प्रयासमा छन्। यस प्रकारको इन्टरफेसमा दशकौंदेखि अनुसन्धान भइरहेको छ। प्रायः विश्वविद्यालयका प्रयोगशालामा। तर, कुनैपनि कम्पनीले यसलाई बिक्रीका लागि नियामक स्वीकृति पाएको छैन। स्यानक्रोनले आफ्नो बीसीआइ ६ जना अमेरिकी र चार जना अस्ट्रेलियाली नागरीकहरूमा प्रारम्भिक परीक्षणका लागि इम्प्लान्ट गरिसकेको छ। र यो थप सहभागीहरू सहित ठूला परीक्षणहरू सुरु गर्न तयारी गर्दैछ।

बीसीआइको सहायताले मार्कले पहिले नै आफ्नो बिचारबाटै आइफोन, आइप्याड र कम्प्युटर चलाएर इन्टरनेट सर्फ गर्न वा इमेल लेख्न सक्ने भएका थिए। अमेजनसँगको इंटेग्रेशनपछि उनले फायर ट्याब्लेटको सहायताले आफ्नो घरको बत्ती बाल्न-निभाउन, टिभी हेर्न, भिडियो कल गर्न, गीत बजाउन, सुरक्षा क्यामेरा नियन्त्रण गर्न, पुस्तक पढ्न र अमेजनमा किनमेल गर्न सक्ने भएका छन्।

यो अनुभवले उत्साही बनेका मार्क भन्छन्,’आफ्नो स्वतन्त्रता कायम राख्न पाउनु निकै उत्साहजनक र स्वतन्त्र महसुस हुनु हो। केही दिनहरू अझ चुनौतीपूर्ण हुन सक्छन्। विशेष गरी म आफूलाई कस्तो महसुस गरिरहेको छु भन्ने आधारमा, तर अमेजन ट्याब्लेटको लेआउटले मलाई यी आवश्यक कार्यहरू सजिलै गर्न मद्दत गरिरहेको छ।’

स्यानक्रोनले मार्कको बीसीआइलाई ओपन एआइ, च्याट जिपीटी र एपल भिजन प्रोलाई मिश्रित र एक वास्तविकता हेडसेटसँग पनि जोडेको छ। यस वर्षको सुरूमा रिलिज गरिएको ‘भिजन प्रो’ले वस्तु चयन गर्न हातका संकेतहरूको आवश्यक हुन्‍छ। स्यानक्रोनको इंटेग्रेशनपछि मार्कले आफ्नो विचारबाटै ‘भिजन प्रो’मा कर्सर नियन्त्रण गरेर सोलीटायर खेल्न, एपल टिभी हेर्न र टेक्स्ट म्यासेजहरू पठाउन सक्छन्। मार्क बाहेक अस्ट्रेलियामा स्यानक्रोनको परीक्षणका सहभागीमध्ये एक जनाले पनि यी एप्लिकेसनहरू प्रयोग गरिरहेका छन्।

एलेक्सा र भिजन प्रो दुवै मार्कको बीसीआइसँग ब्लुटुथमार्फत जोडिन्छन्। एक स्यनक्रोनका फिल्ड इन्जिनियर हरेक हप्ता दुई पटक मार्कको घरमा जाँछन्। जहाँ उनी बीसीआइ प्रयोग गर्ने अभ्यास गर्छन्। मार्क भन्छन्,’कि विभिन्न प्लेटफर्महरूले उनलाई दैनिक जीवनमा प्रयोग गर्न सकिने सुविधाहरू प्रदान गर्छ। तर अनुभव सधैं सुचारु हुँदैन,’ उनी भन्छन्,’हामीले सबै प्लेटफर्ममा पहुँचयोग्यता चुनौतीहरू समाधान गरिरहेका छौं। ताकि आगामी पुस्ताका प्रयोगकर्ताहरूका लागि यो अझ राम्रो बनाउन सकियोस्।’

स्यानक्रोनको बीसीआइ जाल-जस्तो आकारको छ। र यसमा स्नायु संकेतहरू संकलन गर्ने इलेक्ट्रोडहरू हुन्छन्। यो मस्तिष्कमा प्रत्यक्ष रूपमा राखिने सट्टा न्यूनतम इनभेसिभ प्रक्रियाबाट घाँटीको तल्लो भागमा रहेको जुगुलर शिरामा हालिन्छ। शल्य चिकित्सकले उपकरणलाई शिरामार्फत अघि बढाउँछन्। जबसम्म यो स्वैच्छिक गतिविधि नियन्त्रण गर्ने मस्तिष्कको मोटर कोर्टेक्सको नजिक बस्दैन इम्प्लान्ट भएपछि यो मस्तिष्कबाट गतिविधि सम्बन्धी इच्छाहरू पत्ता लगाएर तिनलाई ताररहित रूपमा प्रसारित गर्न डिजाइन गरिएको हुन्छ। जसले गर्दा पक्षाघात भएका व्यक्तिहरूलाई व्यक्तिगत उपकरणहरू हातबिना नियन्त्रण गर्न सक्क्षम बनाउँछ।

भर्चुअल असिस्टेन्टहरू पहिले नै अशक्ततामा रहेका व्यक्तिहरूका लागि सहायक छन्। तर तिनीहरूले आवाज कमाण्डमा निर्भर हुने भएकाले सधैं गोपनीयता दिन सक्दैनन्। ‘कुनैपनि मात्रामा स्वतन्त्रता फिर्ता गर्नु मानिसहरूको लागि धेरै महत्त्वपूर्ण छ। तर, स्वतन्त्र र गोप्य प्रयोगको स्वतन्त्रता दिनु अझ राम्रो हो।’ केस वेस्टर्न रिसर्भ युनिभर्सीटीमा बायोमेडिकल इन्जिनियरिङकी सहायक प्राध्यापक एमिली ग्रासजेक बीसीआइको माध्यमबाट संवेदना फिर्ता ल्याउने काममा जुटेकी छन्।

उनले सोच्छिन्, कि स्यानक्रोनको दृष्टिकोणले सीमित गतिशीलता भएका व्यक्तिहरूलाई सामान्यतामा फर्किन मद्दत गर्न सक्छ। किनकि यसले उनीहरूलाई आफ्ना परिवार र साथीहरूले जस्तै उपकरणहरू प्रयोग गर्न दिनेछ, विशेष सहायक उपकरणहरूको सट्टा।

इयान बर्कहार्ट, जो फरक कम्पनीको बीसीआइको परीक्षणमा सहभागी छन्। उनी स्यानक्रोनको प्रयासलाई निकै सकारात्मक मान्छन्। जबसम्म यी उपकरणहरू सहज रूपमा इंटेग्रेट हुन्छन् र प्रयोगकर्ताहरूले दैनिक जीवनमा तिनलाई व्यावहारिक रूपमा प्रयोग गर्न सक्छन्। ‘यो साँच्चै रोचक छ’ उनी भन्छन्,’म बीसीआइको भविष्यलाई एउटा यस्तो माध्यामको रूपमा देख्छु। जसले मस्तिष्कबाट कुनैपनि कम्प्युटरद्वारा नियन्त्रण गर्न सकिने चीजहरूको नियन्त्रण गर्न डेटा प्रवाह गर्न सक्छ।’

त्यसोत स्यानक्रोन थप सुविधाहरूमा काम गरिरहेको छ। र यो अन्य ठूला टेक कम्पनीहरूसँग अझै धेरै इंटेग्रेशनको बारेमा कुरा गर्दैछ। सबैभन्दा सामान्य कुरा जुन पक्षाघात भएका बिरामीहरूले चाहन्छन्, त्यो भनेको मल्टिटास्क गर्न सक्ने क्षमता हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?