देशसञ्चार चौतारी : भाग-६२

‘जवाहरलाल नेहरुले त्यसो भन्दा म काँपे’

+
-

गान्धीवादी अभियन्ता तथा कलाकार उर्मिला उपाध्याय गर्गले देशसञ्चार चौतारीसँगको लामो कुराकानीमा आफ्ना जीवनका अनेकौँ रोचक कहानीहरु बताएकी छन्।

देशसञ्चार चौतारीको यसपटकको अंकमा कलाकार उपाध्याय अतिथि थिइन्। उनले ८५ वर्षभन्दा लामो आफ्नो इतिहासका अनेकौँ पत्रहरु खोलेकी छन्।

सानो उमेरमै भारतको बर्धा पुगेर गान्धीवादी प्रख्यात अभियन्ता विनोबा भावेको स्कुलिङमा बिताएकी अध्ययन गरेकी उपाध्यायले त्यहाँबाट बम्बेको प्रख्यात जेजे स्कुल अफ आर्टमा पनि अध्ययन गरेकी छन्। ‘बर्धामा मैले अनुभूत गरेको प्रेम मेरो हृदयमा सिमेन्टेड छ,’  उनले देशसञ्चार चौतारीका क्रममा भनिन्।

देशसञ्चार चौतारीका क्रममा आफूलाई पटकपटक चिडिया भनेर चिनाएकी उपाध्यायले युरोप र क्यानडाका थुप्रै रोचक किस्साहरु सुनाइन्। पेरिसमै उनले भारतीय गणितज्ञसँग बिहे गरिन् र ऋषितुल्य ती व्यक्तिसँग जीवनका उर्बर समयहरु व्यतीय गरिन्।

राजा महेन्द्रसँग पनि निकट सम्बन्ध रहेकी उपाध्यायले बिपीसँग पनि धेरै स्मरणयोग्य समय व्यतीय गरेकी छन्। ‘मसँग बिपीले लेखेका ३६ पत्रहरु अझै सुरक्षित छन्,’ उनले देशसञ्चार चौतारीका क्रममा भनिन्।

राजा महेन्द्रले उनको प्रदर्शनीका क्रममा सबै पेन्टिङ किनेको रोचक प्रसंग पनि उनले निकालिन्।

‘मेरा बुबा एकदमै खुला हृदयमा हुनुभएकै भएर मैले बर्धा जाने अवसर पाएँ,’ उनले भनिन्।

उनले विश्वका कुनाकाप्चामात्र घुमिनन्, नेपालका गाउँगाउँ पनि घुमेकी छन्। ‘मैले जीवनमा सरलता र प्रेम सिकेँ,’ उनले भनिन्।

उनै उर्मिला उपाध्याय गर्गसँग गरेको देशसञ्चार चौतारीको पूरा अंश:

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’