
काठमाडौं- विश्वकप लिग-२ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले ओमान विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ। पहिलो खेलमा क्यानडासँग फराकिलो हार भोगेको नेपाल आज पहिले ब्याटिङका लागि मैदान उत्रिंदै छ।
ओमानका कप्तान अकिब इल्यासले टस जितेर बलिङ रोजे पछि नेपालले पहिले ब्याटिङको निम्तो पाएको हो। आज नेपालले टोलीमा तीन परिवर्तन गरेको छ। यसअघि टोलीमा रहेका ओपनर कुशल भुर्तेल, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीलाई बेन्चमा राख्दा उनीहरुको स्थानमा अनिल साहा, आरिफ शेख र अर्जुन साउदलाई टिममा समेटेको छ।
यस्तो छ नेपालको प्लेइङ ११
अनिल साहा, आसिफ शेख, आरिफ शेख, रोहित पौडेल (कप्तान) अर्जुन साउद (विकेटकिपर), भिम सार्की, सोमपाल कामी, करण केसी, गुल्सन झा, सन्दीप लामिछाने र ललित राजवंशी