भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश स्वीकृत

भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश स्वीकृत
+
-

काठमाडौँ – भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश, २०७७ स्वीकृत भएसँगै कर्मचारी पदपूर्ति प्रक्रिया सुनिश्चित भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको गठन आदेशसम्बन्धी संशोधन प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि कर्मचारी स्थायी प्रक्रियाका लागि बाटो खुलेको हो।

क्यान्सर अस्पताल गठन आदेश पहिलो संशोधन २०८१ स्वीकृत भएको जानकारी दिँदै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले भने, ‘कर्मचारीको वृत्ति विकासमा लामो समयदेखि देखिएको समस्या सम्बोधन गर्ने उद्देश्यले पेस गरिएको प्रस्ताव स्वीकृत भएको छ, अब अस्पतालको सेवा सहज र व्यवस्थित ढङ्गबाट अघि बढी क्यान्सर पीडितले राहत पाउने सुनिश्चित भएको छ।’

यसअघि नेपाल अर्बुद रोग निवारण संस्थाबाट सरकारले आफै सञ्चालन गरेको अस्पतालका ३०० बढी कर्मचारी ऐन संशोधनको अभावमा आवश्यक नियमावली बन्न नसक्दा वृत्तिविकासबाट वञ्चित हुँदै आएको उल्लेख मन्त्री पौडेले स्वास्थ्य मन्त्रालयको संशोधन प्रस्ताव स्वीकृत भएसँगै कर्मचारीको वृत्तिविकासलगायतका समस्या समाधान भएको बताए।

सरकारले अस्पतालको स्वामित्व ग्रहण गर्नुअघि स्थायी कर्मचारीलाई २०७७ को गठन आदेशले करारमा राख्ने व्यवस्था गरेको थियो। गठन आदेश स्वीकृत भएपछि यसअघि स्थायी भएर पनि करारमा परिणत भएका कर्मचारी अब स्थायी हुनेछन्। साथै, नयाँ बन्ने नियमावली एवं विनियमावलीअनुसार करारसहित आवश्यक जनशक्ति लोक सेवा आयोगमार्फत स्थायी हुने बाटोसमेत खुलेको छ।

मन्त्रिपरिषद् बैठकले विकास समिति गठन आदेश स्वीकृत गरेसँगै अब अस्पतालले विनियमावली निर्माण गरेर कर्मचारीको वृत्तिविकासको प्रक्रिया अघि बढाउन बाटो खुलेको स्पष्ट गर्दै स्वास्थ्य मन्त्रालयले भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत कर्मचारीको समस्या समाधान भएपछि आवश्यक स्वास्थ्य जनशक्ति पठाउन सहज हुने वातावरण बनेको जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?