
काठमाडाैँ- नेपाली कांग्रेसकाे भातृ संगठन् नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेकाे छ।
त्रिभुवन विश्वविद्याल अन्तर्गत थापाथली इन्जिनियरिङ क्याम्पसकाे नेपाल विद्यार्थी संघले चितवन रामपुर क्याम्पसमा विद्यार्थीमाथि कुटपिट भएको घटनाको विरुद्धमा शुक्रबार थापाथली क्याम्पस अगाडि विरोध प्रदर्शन गरेकाे हाे।
उक्त कार्यक्रमको नेतृत्व नेविसंघ थापथलीका सभापति पुष्करविक्रम शाहिले गरेका थिए। नेविसङ्घले आज बेलुका ६ बजे कोटेश्वर क्याम्पसबाट राके जुलुस निकाल्ने बताएकाे छ।