गण्डकीमा डेंगी बढेको बढ्यै, परीक्षण गर्ने कीटको अभाव हुँदै

गण्डकीमा डेंगी बढेको बढ्यै, परीक्षण गर्ने कीटको अभाव हुँदै
+
-

पोखरा – गण्डकी प्रदेशमा डेंगी संक्रमितको संख्या दैनिक बढिरहेको छ। ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान प्रभावकारी कार्यन्वयन नहुँदा संक्रमितको ग्राफ उकालो चढिरहेको हो।

पछिल्लो तथ्याङक अनुसार गण्डकीका १० जिल्लामा आठ हजार ६२० जनालाई डेंगीको संक्रमण पुष्टि भएको छ। यो संख्या भदौ पहिलो हप्तासम्म दुई हजार ६९१ थियो।

पछिल्लो महिना दिनमा कास्कीमा सबैभन्दा बढी संक्रमित थपिएका छन्। कास्कीमा चार हजार २४५ संक्रमितको संख्या पुगेको छ। त्यसमा २.४२ प्रतिशत मात्रै पोखरा महानगरपालिका बाहिरका हुन्।

पोखरा महानगरपालिकामा चार १४२ जनालाई डेंगी पोजेटिभ पुष्टि भएको छ। पोखराको बजार क्षेत्र वडा नम्बर ५ र ८ मा संक्रमितको संख्या धेरै रहेको स्वास्थ्य कार्यालय कास्कीका प्रमुख जनस्वास्थ्य प्रशासक रामबहादुर नेपालीले बताए। कवाडी संकलन केन्द्र, ग्यारेज, वर्कसप, टायर पसल बढी भएकाले दुई वडामा संक्रमण फैलिएको उनको भनाइ छ।

‘डेंगी रोक्न ‘खोज र नष्ट गर’ महत्वपूर्ण हो। जनचेतना जगाउने सहायक। हामीले जनचेतना जगाइरहेका त छौं’, उनी भन्छन्, ‘टोलटोलले गम्भिरताका साथ नलिएकाले संक्रमण बढेको अवस्था हो। टोलबाटै सजगता नअपनाएसम्म कमी हुन्नँ।’

जनप्रतिनिधिले चासो नदिए अझै बढ्ने नेपालीको भनाइ छ। अझै महिना दिन संक्रमणमा कमी नआउने उनको भनाइ छ। डेंगी नियन्त्रणमा मौसमको पनि भूमिका रहने उनले बताए। उनले थपे, ‘पानी परिरह्यो भने बढ्छ। मौसममा पनि भर पर्छ।’
भदौ पहिलो साता डेंगी संक्रमितको संख्यामा देशकै पहिलो नम्बरमा रहेको तनहुँ अहिले गण्डकीको दोस्रो नम्बरमा छ। तनहुँमा दुई हजार ३२९ जनालाई डेंगी संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीको तथ्याङ्कमा उल्लेख छ। तनहुँको आँबुखैरेनी गाउँपालिकामा डेंगीको जगजगी छ। व्यास, शुक्लागण्डकी नगरपालिकामा पनि संक्रमित बढिरहेको देखिन्छ।

बुधबारसम्म पर्वतमा ७८२, गोरखामा ३९९, स्याङजामा ३१०, बागलुङमा २४३, म्याग्दीमा १०९, नवलपुर १०४, लमजुङमा ९४, मुस्ताङमा ३ जना संक्रमित छन्।

कास्कीमा ३, तनहुँ, स्याङजा र म्याग्दीमा १/१ जनाले डेंगी संक्रमणकै कारण ज्यान गुमाइसकेका छन्। डेंगी बढेको बढ्यै गर्दा परीक्षण गर्ने कीटको समेत अभाव देखिन थालेको छ। स्वास्थ्य कार्यालय कास्कीका प्रमुख नेपालीका अनुसार माग अनुुसार आपूर्ति हुन सकेको छैन। पाँच सय माग्दा एक सय कीट प्रदेश स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको उनले सुनाए। ‘माग अनुसार आपूर्ति कम भएको छ। अहिले नै अभाव भएको छैन। अबको केही समयमा अभाव हुने देखिन्छ’, उनले भने।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र गण्डकीले नपठाएपछि बागलुङको धौलागिरी अस्पतालले आन्तरिक व्यवस्थापन गरेर डेंगीको परीक्षण गरिरहेको छ। ‘आपूर्तिबाट प्राप्त भएको छैन। स्वास्थ्य कार्यालयबाट पनि प्राप्त भएको छैन। अस्पतालले आन्तरिक स्रोतबाट किनेर काम चलाइरहेका छौं’, अस्पतालकी सूचना अधिकारी शान्ती पौडेलले बताइन्।

स्थानीय तह मातहातमा सञ्चालन गरिएको स्वास्थ्य संस्थामा भने अभाव नरहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले बताए।

गण्डकीमा जेठ महिनादेखि डेंगी संक्रमण बढ्न थालेको हो। साउनदेखि संक्रमितको ग्राफ उकालो लागेको छ। उच्च ज्वरो आउने, जीउ, टाउको र जोर्नी दुख्ने, खान मन नलाग्ने जस्ता लक्षण संक्रमितमा देखिन्छ। असोज महिनानासम्म संक्रमतिको संख्या उच्च रहने स्वास्थ्यकर्मीको अनुमान छ।

पानी जम्न नदिने, लामखुट्टेका लार्भा नष्ट, घर बाहिर हिंड्दा सतर्कता अपनाउने लगायत उपाय अपनाउन स्वास्थ्यकर्मीको सुझाव छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?