
यसवर्ष पृथ्वीले अस्थायी रुपमा दुईवटा ‘मिनी-मुन’ देखिने सम्भावना रहेको छ, जुन रोचक खगोलिय घटनाका रुपमा मानिएको छ। यस वर्ष, करिब दुई महिनाका लागि पृथ्वीले दोस्रो सानो चन्द्रमालाई प्राप्त गर्ने वैज्ञानीकहरुले दावी गरेका छन्। यद्यपि तपाँइले नाँगो आँखाले भने यो कुराको भेउ पाउनु हुने छैन्।
जब एउटा सानो क्षुद्रग्रहले हाम्रो ग्रह (पृथ्वी) लाई परिक्रमा गर्न सुरु गर्छ त्यसछि सानो चन्द्रमाको आकार देखिने छ। यो क्षुद्रग्रह अगस्ट महिनामा पत्ता लागेको थियो र यो सेप्टेम्बर २९ देखि नोभेम्बर २५ सम्म पृथ्वीलाई परिक्रमा गर्दा मिनी चन्द्रमाका रुपमा देखिने छ। यो घटना खगोल विज्ञानको दृष्टिले चाखलाग्दो भए पनि, हामीले सामान्य जीवनमा यसको कुनै असर महसुस गर्ने छैनौं।
नासाले गरेको क्षुद्रग्रहको अनुगमन प्रणाली ‘एस्टेरोइड टेर्रेस्ट्रियल इम्प्याक्ट लास्ट अलर्ट सिस्टम’ का अनुसन्धानकर्ताहरूले दक्षिण अफ्रिकाको सुथरल्याण्डमा रहेको उपकरणको प्रयोग गरेर यो क्षुद्रग्रहको बारेमा पत्ता लगाएका थिए। यसलाई २०२४ पीटी-५ को नाम दिएको छ।
‘युनिभर्सिडाड कम्प्लुटेन्स डे म्याड्रिडका’ वैज्ञानिकहरूले २१ दिनसम्म यस क्षुद्रग्रहको कक्षलाई ट्र्याक गरेर यसको भविष्यको मार्गको निर्धारण गरेका छन्। उनीहरूको रिसर्च ‘नोट्स अफ दी एएएसमा प्रकाशित अध्ययनअनुसार, २०२४ पीटी-५ ‘अर्जुना एस्टेरोइड बेल्ट’ बाट आएको हो, जसले सूर्यलाई परिक्रमा गर्छ। तर पृथ्वीको गुरुत्वाकर्षणले २०२४ पीटी-५ लाई तान्नेछ र हाम्रो चन्द्रमाजस्तै यसले पृथ्वीलाई परिक्रमा गर्ने छ जुन केवल ५६.६ दिनका लागि हुनेछ ।
यसअघि पनि पृथ्वीको गुरुत्वाकर्षण क्षेत्रमा अन्य गैर-पृथ्वी वस्तुहरू (NEOs) प्रवेश गरेका थिए। तर तिनीहरूले मध्ये केहीले पृथ्वीको पूर्ण परिक्रमा गरेका थिएनन्। केहीले भने पूर्ण परिक्रमा गरेका थिए। जसले पृथ्वीको पूर्ण परिक्रमा गर्छन् तिनीहरुलाई मिनी-चन्द्रमाको रूपमा लिने गरिन्छ।
यसअघि केही वर्ष सीडी-३ नामक क्षुद्रग्रहले पृथ्वीको परिक्रमाका क्रममा देखिएको थियो। जुन २०२० मा पृथ्वीको कक्ष छोडेको थियो त्यसपछि अर्को २०२२ एनएक्स-१ नामक क्षुद्रग्रह त्यस्तै १९८१ र २०२२ मा पृथ्वीको मिनी-चन्द्रमा बनेका थिए। अब २०५१ मा पुन: फर्कने विश्वास गरिएको छ।
२०२४ पीटी-५ जुन अन्य मिनी-चन्द्रमाभन्दा ठूलो मानिएको छ। यो पुन २०५५ मा पृथ्वीको कक्षमा फर्कने विश्वास गरिएको छ। पृथ्वीको गुरुत्वाकर्षणले यसलाई आफ्नो कक्षमा तान्ने छ। पृथ्वीको परिक्रमापछि फेरि सूर्य केन्द्रित ऊर्जामा फर्कने छ। जसको अर्थ यसले पुन: सूर्यलाई परिक्रमा गर्ने छ, हाम्रो ग्यालेक्सीका अन्य ग्रहहरू जस्तै आफ्नो कक्षमा फर्कने छ।
कक्ष छोडेपछि पनि, यो केही महिनासम्म पृथ्वीको नजिकै रहने वैज्ञानीकहरुले बताएका छन्। जनवरी ९, २०२५ मा यसको सबैभन्दा नजिकको दूरीमा आउने छ। त्यसपछि, यो पृथ्वीको नजिकबाट बाहिर जाने छ र करिब ३० वर्षपछि पुन: हाम्रो कक्षमा प्रवेश गर्ने विश्वास वैज्ञानिकको छ।
यस अध्ययनका प्रमुख लेखक कार्लोस डे ला फुएन्टे मार्कोसले स्पेस डट कम लाई भने कि यो मिनी-चन्द्रमा यति सानो हुनेछ कि यसलाई सामान्य दूरबीन वा बाइनाक्युलरबाट देख्न सकिने छैन्। तर बलिया उपकरण भएका व्यावसायिक खगोलविद्हरूले यसलाई देख्न सक्ने छन् र अध्ययन गर्न पाउने छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यामको सहयोगमा