सभापतिलाई षड्यन्त्रपूर्वक पक्राउ गर्न लागेको भन्दै भ्रमण छोट्याएर चीनबाट फर्किँदै उपसभापति स्वर्णिम

सभापतिलाई षड्यन्त्रपूर्वक पक्राउ गर्न लागेको भन्दै भ्रमण छोट्याएर चीनबाट फर्किँदै उपसभापति स्वर्णिम
+
-

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने तयारी गरिएसँगै अहिले यसका समर्थकहरु पार्टी कार्यालयमा भेला भएका छन्। उता रास्वपाका उपसभापति स्वर्णिम वाग्ले सहितको टोली चीन भ्रमण छोट्याएर स्वदेश फर्किन लागेको छ।

चीन भ्रमणमा रहेका रास्वपा उपसभापति स्वर्णिम वाग्लेले पार्टी सभापतिलाई षड्यन्त्रपूर्वक पक्राउ गर्ने कोशिश गरिएको भन्दै भ्रमण छोट्याएर नेपाल फर्किन लागेको जानकारी पार्टीलाई दिएको रास्वपाका एक नेताले बताए।

उनले भने, ‘पार्टी सभापतिमाथि षड्यन्त्रपूर्वक पक्राउ गर्ने जुन तयारी देखियो, त्यसैले हामी भोलि नै नेपाल फर्किदै छौं।’ टोली सोमबार नै काठमाडौं आइपुग्ने सचिवालयले जनाएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा वाग्लेसहित १४ जनाको टोली १० दिनका लागि शनिबार मध्यरात चीनतर्फ उडेको थियो।

पार्टी सभापति रवि लामिछानेसमेत मुछिएको सहकारी ठगी प्रकरणमा गोरखा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी आइतबार पक्राउ परेपछि रास्वपाले चीन भ्रमणमा रहेको टोलीलाई फर्किनका लागि आग्रह गरेको स्रोतले जानकारी दियो।

भ्रमण टोलीमा उपसभापति वाग्लेसहित सांसद शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, सांसद गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, नेताहरू बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुराजा श्रेष्ठ छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?