
अ
+
अ
अ
-
झापा- झापाको बिर्तामोडमा १५ दिने किताब मेला आयोजना गरिएको भएको छ।
सोमबारबाट सुरु भएको किताब मेला आगामी असोज २३ गतेसम्म चल्ने मेला आयोजक संस्थाहरूमध्ये वीरता रिडर्सका संयोजक तीर्थ सिग्देलले जानकारी दिए।
मेलामा विभिन्न प्रकारका किताबहरू राखिएको छ। झापाली साहित्यकारहरूले रचना गरेका किताबहरूको छुट्टै स्टल राखिएको छ। वर्तमान अवस्थामा मानिसहरूमा किताब पढ्ने बानी हराउँदै गएकाले पढ्ने संस्कृतिको विकास गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको सिग्देलले जानकारी दिए।
मेलाले घर/घरमा पठन संस्कृतिको विकास गर्नका लागि मिनी लाइब्रेरी स्थापना गर्न प्रेरित गर्न सहयोग मिल्ने सिग्देलको भनाइ छ
दशैंमा किताब उपहार दिइयो भने त्यसले छुट्टै महत्त्व राख्ने आयोजक संस्थाहरूको धारणा छ।
मेला अवधिभर विभिन्न साहित्यसम्बन्धी अन्तरसंवादका कार्यक्रमहरू आयोजना गरिने जनाइएको छ।