भारतीय ट्रकमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईंका थप ७ समर्थक पक्राउ

भारतीय ट्रकमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईंका थप ७ समर्थक पक्राउ
+
-

झापा- ट्रक आगजनीमा संलग्न भएको आरोपमा दुर्गा प्रसाईंका थप ७ जना समर्थकलाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरूलाई झापा कनकाईको लक्ष्मीपुर क्षेत्रबाट गएराति प्रहरीले पक्राउ गरेको हो। असोज ६ गते बिरिङ पुल र बुट्टावारीमा दुईवटा भारतीय ट्रकमा भएको आगजनीमा संलग्न भएको आशंकामा उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश विष्टले बताए।

पक्राउ पर्नेहरुमा हल्दीवारीका विवश लिम्बू, वीरबहादुर गुरुङ, खेमराज दाहाल, बिर्तामोडका उदय लिम्बू, बुद्धशान्तिका बलिहाङ लिम्बू, अर्जुनधाराका रुद्र भुजेल र मेचीनगरका राजेश महत रहेका बताइएको छ। तर, प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन।

प्रहरीले यस अघि राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानको भ्रातृ संस्था पीडीएफका झापा संयोजक ४० वर्षीय भिम तुम्बापो लिम्बू र राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानका झापा सहसचिव ३३ वर्षीय सुरेश चौधरीलाई पक्राउ गरेको थियो।

उनीहरुमाथि आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

यो पनि पढ्नूहोस्:

दुर्गा प्रसाईंका समर्थकद्वारा झापामा चक्काजाम, दुई भारतीय ट्रकमा आगजनी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?