
वीरगञ्ज – अनुमतिबिना तेजाबको प्रयोग तथा बिक्री वितरणमा पर्सा जिल्लामा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी अनुमतिबेगर तेजाब तथा अन्य घातक रासायनिक पदार्थको प्रयोग तथा बिक्री वितरणमा रोक लगाएको हो।
तेजाब तथा अन्य घातक रासायनिक पदार्थको बिक्री तथा प्रयोग गर्नुपरे जिल्ला प्रशासनको अनुमति लिएर गर्न पनि कार्यालयले अनुरोध गरेको छ। ‘तेजाव वा घातक रसायनिक पदार्थको प्रयोग गर्ने उधोग,प्रयोगशाला,अनुसन्धानशाला,शैक्षिक संस्था,कार्यशाला,वर्कशप,धातुका गहना बनाउने वा अन्य कुनै यस्तै ब्यावसायिक काम गर्ने फर्म,कम्पनी वा ब्यक्तिले प्रयोग अनमुति लिई मात्र प्रयोग गर्नुपर्ने ब्यावस्था बमोजिम यस कार्यालयबाट बिक्री/प्रयोग अनुमति लिई कारोबार गर्न गराउनु हुन समबन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
’पर्साका सहायक प्रमुख जिल्ला अधिकारी उत्तम कुमार घिमिरेद्वारा हस्ताक्षरित सुचनामा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन ऐन, २०७९ को दफा ४ (ख) बमोजिम बिक्री वितरणका लागि प्रशासनबाट अनुमति लिएर मात्रै काम गर्न अनुरोध गरिएको छ। प्रशासनले जारी गरेको सुचनाको बर्खिलाप हुने गरी बिना अनुमति बिक्री वितरण गरेमा, प्रयोग अनमतिको म्याद नाघघेका फर्म,कम्पनी ब्यक्तिलाई बिक्री वितरण गरको पाइएमा कानुन बमोजिम कारवाही गरिने पनि सुचनामा जनाइएको छ।