
वीरगञ्ज – नेपाली कांग्रेस पर्साको नव निर्मित पार्टीका कार्यलय भवनको बुधबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ स्थित नवनिर्मित पार्टी कार्यालय भवनको काँग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन्।
एक करोड २९ लाख रुपैयाँ लागतमा निर्माण गरिएको पार्टी कार्यालय भवन तीन तल्ले छ। वीरगन्ज महानगरपालिका,विभिन्न दाता र कांग्रेसका नेताहरुको सहयोगमा सुविधासम्पन्न पार्टी कार्यालय भवन निर्माण गरिएको हो।
पार्टी कार्यालय भवनको शिलान्यास २०७७ सालमा नै गरिएको थियो। उदघाटन कायर्कक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले काँग्रेसको लागि पर्सा ऐतिहासिक जिल्ला भएको बताएका थिए।
उनले पर्साका काँग्रेससका नेता कार्यकर्ताहरुसित एक भएर अघि बढ्न आग्रह गरेका थिए। समारोहलाई सम्बोधन गर्दै काँग्रेसबाट निर्बाचित मधेस प्रदेश साँसद शँकर चौधरीले मधेस प्रदेशमा कृषिको अवस्था सुख्खा र सिँचाईको कारण दयनिय अवस्था रहेको बताए।
उनले मल अभावमा भारतबाट एक बोरा मल किसानले ल्याउदा प्रहरीले खोसने गरेकाले मलको ब्यावस्था गरिदिनको लागि सँघीय सरकारसित आग्रह गरेका थिए। चौधरीले मधेस प्रदेशमा काँग्रेसको अवस्था पछिल्लो समय कमजो हुदै गईरहेको बेला सभापति देउवा मेधस आउनुले पार्टीलाई बलियो बनाउने विश्वाश ब्यक्त गरेका थिए। यस्तै अर्का प्रदेश साँसद शयाम पटेलले पार्टी भवन निर्माण हुनु काँग्रेस पर्साको लागि गर्बको दिन भएको बताए। नेपालमा नै सबै भन्दा सुबिधा सम्पन्न जिल्ला समितिको भवन पर्सा जिल्लाको नै भएको जानकारी उनले दिएका थिए।
काँग्रेसका सभापतिले कार्यालय उदघाटन गर्नु पनि पार्टीका नेता कार्यकर्ताको लागि गर्बको कुरा भएको पटेलले बताए। देशमा जुन जुन बेला काँग्रेसको सरकार बनेको छ त्यो सरकारले जनताको पक्षमा राम्रो काम गरेको उनको दाबी थियो। मँगलबार नै पर्सा आएका सभापति देउवा वीरगञ्जमा बसेर मधेस प्रदेशका काँग्रेसका नेता कार्यकर्तासित भेटघाटमा ब्यस्त रहेका छन। उनले पर्साको पटेर्वा सुगौली गाउँपालिकामा निर्माण सम्पन्न आधारभुत अस्पतालको पनि उदघाटन गरेका थिए।