एउटै जिउलो, फरक रोपाइँः कहीँ धान पाके, कहीँ पसाए

एउटै जिउलो, फरक रोपाइँः कहीँ धान पाके, कहीँ पसाए
+
-

मुगु – गमगढी नजिकैको चैन जिउलामा कृषकले रोपेको धान कतै पाकिसके भने कतै पसाउँदै छन्। असोज पहिलो सातासम्म छायाँनाथ रारा नगरपालिकास्थित चैन जिउलामा कृषकले रोपेको धान कतै पाकिसके भने कतै पसाएका मात्र छन्।

रोपाइँको समयमा पर्याप्त मात्रामा सिंचाई गर्ने पानी अभावका कारण असोज लागिसक्दा पनि एउटै जिउलामा कतै धान पाकिसके भने कतै भर्खर पसाएका मात्र छन्।

चैन जिउलाका लागि कार्कीवाडा गाउँको एउटा सानो धारोमा प्रयोग भई बचेको पानीले चैन जिउला सिंचाई गर्ने गरिन्छ । चैन जिउलामा जेठबाट रोपाई शुरू भई साउन पहिलो सातासम्म रोपाई गर्ने गरिन्छ। बैशाखदेखि साउन पहिलो सातासम्म रोपाइँ गरिँदा जेठमा रोपेका खेतमा धान छिटो पाक्ने र असार ,साउनमा रोपेका खेतमा धान ढिलो पाक्ने कृषकले बताएका छन्।

चैन जिउलाका लागि अहिलेसम्म थप पानीको श्रोतको लागि कतैबाट पनि पहल हुन नसकेको छायानाथ रारा – ५ कार्कीबाडाका कृषक कुमबहादुर बुढा बताउँछन्।

उनका अनुसार जेठदेखि साउन पहिलो सातासम्म फरक फरक समयमा धान रोपे पनि काट्ने समय एउटै हुने गरेको छ। अगाडि रोपेकाे धानको चामलको भात रसिलो र स्वादिलो हुने गरेको र पछि रोपेको खेतको धान कुट्दा धुलिने भात ढिँडो जस्तो हुने र स्वाद त्यति नभएको बुढाको भनाइ छ।

पानीको श्रोत कम र खेत बढी भएका कारण कोदोको बेर्ना राख्ने र धान रोपाईको बेला कृषकबीच झगडा हुने गरेकाे कृषक बताउँछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?