भारतीय नागरिकसँग घुस लिँदालिँदै नियन्त्रणमा परेका वडाध्यक्ष ओली निलम्बित

भारतीय नागरिकसँग घुस लिँदालिँदै नियन्त्रणमा परेका वडाध्यक्ष ओली निलम्बित
+
-

झापा – झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली निलम्बित भएका छन्।

भारतीय नागरिकसँग घुस लिँदालिँदै रङ्गेहात नियन्त्रणमा परेका ओली निलम्बनमा परेका हुन्। उनलाई नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए।

प्रहरीले उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको थियो।

आयोगको इटहरीले कार्यालयले ओलीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै ओलीलाई निलम्बन गरिएको हो।

वडाध्यक्ष ओलीले भारतीय नागरिक अमरनाथ चौहानसँग ८० हजार रुपैयाँ घुस लिँदा लिँदै रङ्गेहात विप्लवका कार्यकर्ताको नियन्त्रणमा परेका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १६ को उपदफा ४ बमोजिम विशेष अदालत काठमाडौँबाट म्याद थप भइ आएको र थुनामा रहेका ओलीलाई थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत ज्ञानमञ्जरी शर्माले जनाएका छन्।

सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ बमोजिम स्वतः निलम्बनमा रहने कानुनी प्रावधान रहेकाले वडाध्यक्ष ओलीलाई निलम्बन गरिएको अख्तियारले जनाएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?