बिर्तामोड चिल्ड्रेन हस्पिटलमा तीन वर्षको सेवामा ९९.९९ प्रतिशत सफल उपचार

बिर्तामोड चिल्ड्रेन हस्पिटलमा तीन वर्षको सेवामा ९९.९९ प्रतिशत सफल उपचार
+
-

झापा- झापाकै पहिलो बाल अस्पताल बिर्तामोड चिल्ड्रेन हस्पिटलले एक बर्षको अवधिमा २ हजार १७७ जनाको उपचार गरेको छ।

तेस्रो बार्षिकोत्सवको अवसरमा बिहीबार हस्पिटलले पत्रकार सम्मेलन आयोजना गरी सो जानकारी गराएको हो।

२०७९ असोज १० गतेदेखि बिर्तामोड-१ मा सेवा प्रारम्भ गरेको अस्पतालले गत एक बर्षको अवधिमा २ हजार १७८ जना बिरामीलाई भर्ना गरी उपचार गरेकोमा १ जना बिरामीको मृत्यु भएको जनाएको छ।

सफल उपचार भएको बिरामीको संख्या ९९.९ प्रतिशत रहेको अस्पतालका प्रबन्ध निर्देशक डा. रुपक आचार्यले दाबी गरे।

गत वर्ष अस्पतालले २ हजार ७५९ जनालाई ओपीडी र १ हजार ०७४ जनालाई इमर्जेन्सी सेवा दिएको डा. आचार्यले बताए। भर्ना भएका मध्ये ३ प्रतिशत बिरामीलाई मात्र आइसीयुमा राख्नु परेको पनि उनले जानकारी दिए।

अस्पतालले अत्याधुनिक जापानी प्रविधिका उपकरणसहित इको र इसिजीको सेवा २४सै घण्टा उपलब्ध गराइरहेको उनले बताए। अस्पतालमा अधिकांश एक बर्ष मुनीका नवजात शिशु आउने भएकाले उपचार प्रक्रियामा अत्यन्तै संवेदनशील हुनु परेको अस्पतालले जनाएको छ।

अस्पतालले बालबालिकामा देखा पर्ने मेनिन्जाइटिस, मुटुको रोग, दिमागमा अक्सिजनको कमी, बाथ रोग, मिर्गौला रोग लगायतका जटिल रोगहरुकोसमेत सफल उपचार गर्नुका साथै अटिजमसमेत पहिचान गरिरहेको डा. आचार्यले बताए।

एक वर्षको अवधिमा अस्पतालले सेवाग्राहीलाई २४ लाख २४ हजार ३९० रुपैयाँ छुट सुविधा दिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. सुजता मैनाली आचार्यले जानकारी दिइन्।

दक्ष जनशक्ति विदेश पलायन भइरहेको, बिरामी उपचारका लागि कष्ट व्यहोरेर अन्यत्र जानु परिरहेको परिस्थितिलाई मध्यनजर गरी आफ्नै ठाउँमा अस्पताल खोलेर सेवा दिनुका साथै रोजगारीसमेत सिर्जना गरौँ भन्ने पवित्र उद्धेश्यले बाल अस्पताल सञ्चालन गरिएको अस्पतालका अध्यक्ष लीला मैनालीले बताइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?