
काठमाडौं: एन्फा महिला लिगमा सुपर लिग खेल्ने सबै पाँच टिमको तय भएको छ। बिहीबार भएको खेलमा वालिङ नगरपालिका र कोशी प्रदेशले शीर्ष पाँचमा आफूलाई उभ्याएसँगै सबै पाँच टोलीको तय भएको हो।
यसअघि विभागिय टोलीहरु नेपाल पुलिस, एपिएफ र आर्मीले सुपर लिगमा आफनो स्थान तय गरीसकेका थिए।
बिहीबार जित्नै पर्ने दबाबमा रहेको वालिङ नगरपालिकाले चन्द्रपुर नगरपालिकालाई २-१ ले हराउँदै अन्तिम पाँचमा स्थान बनाउँदा अर्को खेलमा कोशीले सुदुरपश्चिमलाई ४-० ले हराएर दोस्रो चरणमा स्थान बनायो।
१० टोली सहभागि प्रतियोगितामा सबै टोलीले लिगचरणमा एक अर्का विरुद्ध प्रतिस्पर्धा गरेका थिए। जसमा अङ्कका आधारमा शीर्ष पाँचमा रहने टिमले सुपर लिगमा स्थान बनाएका हुन्। बाँकी टोली भने प्रतियोगिताबाट बाहिरिए।