झापामा अति भारी वर्षा, नदीहरूले चेतावनी तह पार गरे

झापामा अति भारी वर्षा, नदीहरूले चेतावनी तह पार गरे
+
-

झापा – पछिल्लो २४ घण्टामा झापामा २९७ मिलिमिटर वर्षा भएको छ।

नदीहरूमा जलसतहले चेतावनी तह पार गरेको छ। जल तथा मौसम विभागका अनुसार कोशी प्रदेशको झापामा अतिभारी वर्षा भइरहेको छ। झापाका अधिकांश ठाउँमा पछिल्लो २४ घण्टामा २ सय मिलिमिटरभन्दा बढी वर्षा भएको छ।

चन्द्रगढी विमानस्थलमा सबैभन्दा बढी २९७ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै केचनामा पछिल्लो २४ घण्टामा २२२ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै इलाममा समेत अति भारी वर्षा भएको छ।

इलाममा पछिल्लो २४ घण्टामा २३७ मिलिमिटर वर्षा भएको छ। झापाको गौरादह र अनारमनी बिर्तामा पनि २ सय मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ।

मोटरसाइकल बगायो


अविरल वर्षाका कारण आएको बाढीले झापाको कचनकवलमा एउटा मोटरसाइकल बगाएको छ।

शुक्रबार दिउँसो अन्दाजी १२ बजेको समयमा कचनकवल गाउँपालिका वडा नं.२ स्थित अमुलफुटा खोला तर्ने क्रममा प्र.१–०२–०५प ६९७८ नं.को मोटरसाइकल खोलाले बगाएको हो। मोटरसाइकल चालक सोही ठाउँ बस्ने २७ वर्षीय रबिन भट्टराई भने सकुशल रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरी चौकी पथरियामा खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिएर मोटरसाइकल खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?