सप्तकोशी नदीमा पानीको बहाव ६ लाख ४३ हजार क्युसेक, ब्यारेजको पुलमाथिबाट बग्दैछ नदी

सप्तकोशी नदीमा पानीको बहाव ६ लाख ४३ हजार क्युसेक, ब्यारेजको पुलमाथिबाट बग्दैछ नदी
+
-

झापा- सप्तकोशी नदीमा पानीको बहाव अहिलेसम्मकै उच्च अवस्थामा पुगेको छ।

आइतबार बिहान ३ बजेको मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाव ६ लाख ४३ हजार क्युसेक रहेको छ। यति उच्च पानीको बहाव यस अघि कहिले पुगेको थिएन।

शनिबार बिहानबाट कोशी ब्यारेजका ५६ वटै ढोका खुला गरिएको छ। पानीको बहाव अझ बढ्दै गए नेपालका सयौं बस्ती डुबानमा पर्ने खतरा छ।

अहिले नदीमा पानीको बहाव खतराको स्तर भन्दा धेरै माथि पुगिसकेको छ। ब्यारेजको माथि बनेको सडकसम्मै नदीको पानी आइपुगेपछि  प्रशासनले ब्यारेजबाट आवतजावत गर्ने सवारीसाधानमा पूर्णरुपमा रोक लगाएको छ।

बेलुकाबाट ब्यारेजको पुलमाथिबाट पानी बग्न थालेपछि सवारीसाधनलाई चतरा हुँदै उदयपुरतर्फ सवारी साधनहरूलाई डाइभर्ट गरिएको छ।

नदीमा पानीको बहाव बढ्दै गर्दा उदयपुर, सुनसरी, र सप्तरीतर्फ नदीकटान हुनसक्ने जोखिम छ। सो क्षेत्र र आसपासका होचा भूभागमा रहने सबैलाई सुरक्षित र सतर्कताका साथ रहन सुनसरी प्रशासनले आग्रह गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?