
काठमाडौं- नेपालले क्यानडामा जारी टी-२० अन्तर्राष्ट्रिय सिरिजको आफ्नो दोस्रो खेलमा ओमान विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। ओमानले टस जितेर पहिले फिल्डीङ गर्ने निर्णय गरेको हो। ओमानका कप्तान अकिब इल्यासले टस जितेर नेपाललाइ ब्याटिङको निम्तो दिए।
यसअघि नेपालले शनिबार घरेलु टोली क्यानडासँग खेलेको प्लेईङ ११ मा एक परिवर्वतन गरेको छ। नेपालले आजको खेलमा तीव्र गतिका बलर सोमपाल कामीलाई बेन्चमा राख्दा गुलशन झालाई मौका दिएको छ।
त्रिकोणात्मक टि ट्वान्टी सिरिजको पहिलो खेलमा शनिबार नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो।
यस्तो छ नेपालको प्लेइङ११
आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, अनिल शाह, देव खनाल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सन्दीप लामिछाने र रिजन ढकाल