३३ वर्षको उमेरमा फ्रेन्च स्टार ग्रिजम्यान द्वारा सन्नयास घोषणा

३३ वर्षको उमेरमा फ्रेन्च स्टार ग्रिजम्यान द्वारा सन्नयास घोषणा
+
-

फ्रान्सलाई विश्वकप उपाधि जिताउँदाका फरवार्ड एन्टोइन ग्रिजम्यानले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। एट्लेटिको म्याड्रिडबाट ब्यबसायिक फुटबल खेलिरहेका ३३ वर्षीय ग्रिजम्यानले आज अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका हुन्।

उनले आफ्नो देशका लागि १३७ खेल खेल्दै ४४ गोल गरेका छन्। उनी फ्रान्सले २०१८ को विश्वकप जित्दा टिमका महत्वपूर्ण सदस्य रहेका थिए। फाइनलमा क्रोएसियालाई ४-२ ले पराजित गर्दै उपाधि जितेको थियो। त्यस्तै उनले फ्रान्सका लागि २०२१ नेशन्स लिग पनि जितेका थिए।

ग्रिजम्यानले फ्रान्सको लागि अन्तिम खेल नेशन्स लिग अन्तर्गत इटालीसँग  खेलेका थिए। जहाँ फ्रान्स ३-१ ले पराजित भएको थियो। उनले फ्रान्सले जित्दको अन्तिम खेलका रुपमा बेल्जियमविरुद्ध २-० को जित निकाल्दा सब्सटिच्युट खेलाडीका रुपमा मैदानमा उपस्थित भएका थिए।

उनले अक्टोबरमा सुरु हुने अर्को अन्तर्राष्ट्रिय ब्रेक अघि नै आफ्नो निर्णयका बारेमा जानकारी गराएका हुन्। अक्टोबरमा फ्रान्सले नेशन्स लिगमा इजरायल र बेल्जियमसँग खेल्ने कार्यतालिका रहेको छ।

२०१४ मा डिडिएर डेस्च्याम्प्सले फ्रान्स समालेपछि उनले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए। ग्रिजम्यान डेब्युयता निरन्तर टोलीमा रहेका छन्। युरो २०१६ मा उनले ६ गोल गर्दै सबैभन्दा धेरै गोल गर्ने खलाडी बनेका थिए। २०१६ मा आयोजक फ्रान्स युरोकपको फाइनलमा पुगेपनि पोर्चुगलसँग पराजित भएको थियो।

ग्रिजम्यानले २०२२ को विश्वकपको फाइनलमा पनि खेलेका थिए, जहाँ फ्रान्स अर्जेन्टिनासँग ३-३ को बराबरी पछि पेनाल्टी सुटआउटमा  पराजित भएको थियो। मार्च २०२३ मा ह्युगो लोरिसको अवकाशपछि कप्तान बन्ने अवसर गुमाएर उनले आफ्नो निराशा व्यक्त गरेका थिए, जब केलियन एम्बाप्पेलाई कप्तान बनाइएको थियो।

उनले २०२४ को युरो खेलेपनि फ्रान्सले जर्मनीमा भएको उक्त प्रतियोगितामा कमजोर प्रदर्शन गर्यो र सेमिफाइनलमा स्पेनसँग पराजित भएर प्रतियोगिताबाट बाहिरियो।

सन्न्यास घोषणा गर्दै ग्रिजम्यानले भने ‘यादहरूले भरिएको मनसहित म आफ्नो खेल जीवनको यो अध्याय अन्त्य गर्दै छु। यो अद्भुत यात्राका लागि सबैलाई धेरै धन्यवाद र फेरी भेटौंला।’ उनले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा भने ‘१० अविश्वसनीय वर्षहरू चुनौती, सफलता र अविस्मरणीय क्षणहरूले भरिएका थिए, अब नयाँ पुस्ताका लागि ठाउँ दिने समय आएको छ।’

प्रशिक्षक डेस्च्याम्प्सले लामो समय छलफल गरेको बताए। उनले भने ‘फ्रान्स टोलीमा १० वर्षअघि डेब्यु गरेदेखि नै हाम्रो सम्बन्ध विश्वास र इमानदारीमा आधारित छ।’ प्रशिककक्षकले भने ‘उनको क्लब करियर समाप्त नभए पनि, एन्टोइन फ्रान्सेली फुटबलको एक स्मारकका रूपमा रहने छ, यसको इतिहासका महान खेलाडीहरूमध्ये एकका रुपमा फ्रान्सले सम्झने छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?