
काठमाडौं- ललितपुर क्विन्सले एभरेस्ट महिला भलिबल लिगमा विजयी सुरुवात गरेको छ। सोमबारबाट सुरु भएको प्रतियोगितामा ललितपुरले काठमाडौं स्पाइकर्सविरुद्ध ३-१ को सेटमा जित निकाल्यो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट २५-२० ले आफ्नो पक्षमा पारेको ललितपुरले दोस्रो सेट २१-२५ ले गुमायो।
तर त्यसपछिका लगातार दुई सेट आफ्नो पक्षमा पार्दा ललितपुर विजयी भयो। तेस्रो सेट २५-२१ चौंथो सेट २५-१९ ले आफ्नो पक्षमा पारेको ललितपुरले खेल ३-१ ले जित्यो।
जितसँगै ललितपुरले पहिलो खेलबाट ३ अङ्क हासिल गर्यो। ६ टोली सहभागी रहेको फ्रेन्चाइज एभरेस्ट भलिबल लिगमा राउन्ड रोबिनका आधारमा प्रतिस्पर्धा हुने छ। अङ्क तालिकाको शीर्ष २ टोलीबीच फाइनल खेल हुने छ।