विपद्का बेला प्रधानमन्त्री ओलीको अभिव्यक्ति आपत्तिजनक छः लिङ्देन

विपद्का बेला प्रधानमन्त्री ओलीको अभिव्यक्ति आपत्तिजनक छः लिङ्देन
+
-

झापा- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विपद्का बेला प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताएका छन्।

उनले केही मन्त्रीहरूको अभिव्यक्तिसमेत आपत्तिजनक भएको बताएका हुन्।

अमेरिकाबाट फर्केका प्रधानमन्त्री ओलीले सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसमको पूर्व सूचनामा ‘यहाँनेर बाढी आउँछ, पहिरो जान्छ भनिएको थिएन’ भन्ने किसिमको अभिव्यक्ति दिएका थिए।

उनले,’म अमेरिका भैंसी दुहुन गएको होइन‘ जस्ता अभिव्यक्ति दिएका थिए। उनका अभिव्यक्तिको विषयलाई लिएर अहिले समाजिक सञ्जालमा आलोचना तथा आक्रोश व्यक्त हुन थालेका छन्।

यही सन्दर्भमा राप्रपा अध्यक्ष अध्यक्ष लिङ्देनले समेत उनका अभिव्यक्तिमाथि तीब्र असन्तुष्टि जनाएका हुन्।

लिङ्देनले लेखेका छन्, ‘मौसमविदको ‘रेड अलर्ड’बाट विपतलाई पुरै रोक्न त सकिँदैन थियो नै तर क्षति न्यून गर्न भने अवश्य सकिन्थ्यो। सरकार चुकेकै हो फेल भएकै हो। यो विपदको बेला प्रधानमन्त्री र केही मन्त्रीका अभिव्यक्ति आपत्तिजनक छन्।’

यो पनि पढ्नूहोस्: 

म भैँसी दुहुन न्युयोर्क गएको होइन: प्रधानमन्त्री ओली

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?