
इरानले इजरायलमा मंगलबार राती १० बजे मिसायल प्रहार गरेको इजरायली सेनाले पुष्टी गरेको छ। केही अघि अमेरिकाले इरानले इजरायलमा आक्रमणको तयारी गरेको सार्वजानिक गरेको थियो। इरानको उक्त तयारी लगतै अमेरिकाले इरानले इजरायलमा आक्रमण गरेमा त्यसको परिणाम गम्भिर हुने बताएको थियो।
अमेरिकी अखबार न्युयोर्क टाइम्सले तीन इजरायली अधिकारीको हमला दिंदै इजरायलको तीन एयरबेस तथा तेलअविवमा रहेको एक इन्टेलिजेन्स हेडक्वाटर्को निशाना बनाएको जनाएको छ। ती सबै स्थान इजरायलले खाली गरेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।
यो सँगै अब इजरायल र इरानबिच युद्ध सुरु हुने आसंका बढेको छ। यसअघि पनि इरानले गत अप्रिलमा इजरायलमाथी ३०० मिसायल तथा ड्रोनहरु प्रहार गरेको थियो। उक्त समय ब्यालेस्टिक मिसाइल इरानबाट इजरायल पुग्न १२ मिनेट लागेको थियो।
इरानले आक्रमण सुरु गरेलगतै इजरायलको सुरक्षा निकाय आइडीएफले ‘सावधान रहन’ र घरको मोर्चा र कमाण्डहरुलाई राम्रोसँग पालना गर्न आग्रह गरेको छ। साइरन सुनिएलगतै सुरक्षित स्थानमा प्रवेश गर्न र अर्को सुचना जारी नभएसम्म बाहिर ननिस्कन आग्रह गरेको छ।
त्यसअघि रसियन सञ्चार माध्याम आरटीले तेल अभिवमा अन्धाधुन्धा गोली चल्दा ३ जनाको मृत्यु भएको र १० जना बढी घाइते भएको जनाएको छ। त्यसमध्ये ४ जनाको अवस्था गम्भिर रहेको जनाइएको छ।
इजरायलले सोमबारदेखी मंगलबारबाट जमिनबाट पनि आक्रमण सुरु गरेको थियो। यद्यपि आधिकारीक रुपमा उसले सिमा प्रवेश गरे नगरेको विषयमा विभिन्न सञ्चारमाध्यामहरुले फरक-फरक धारणा सार्वजानिक गरिरहेका छन्।