कृषि औजार कारखानाका लागि धातुको पाता काट्ने लेजर कटिङ मेसिन खरिद

कृषि औजार कारखानाका लागि धातुको पाता काट्ने लेजर कटिङ मेसिन खरिद
+
-

वीरगञ्ज – वीरगञ्जमा रहेको कृषि औजार कारखानाको लागि धातुको पाता काट्ने अत्याधुनिक लेजर कटिङ मेसिन खरिद गरिएको छ।

बन्द रहेको कारखाना चलाउने जिम्मा पाएको राष्ट्रिय आविष्कार केन्द्रले कारखानाका लागि नभई नहुने धातुका पाता काट्ने अत्याधुनिक लेजर कटिङ मेसिन खरिद गरेको हो।

खरिद गरिएको उक्त मेसिनको मूल्य ५० लाख रुपैयाँ रहेको केन्द्रका प्रमुख वैज्ञानिक डा.महावीर पुनले जानकारी दिए।

आफ्नो जीवनी कथाको किताब बेचेर आएको पैसाले कारखानाका लागि उक्त मेसिन खरिद गरिएको उनले बताए। साथै, यसै बर्ष कारखानाको लागि थप दुई करोडको अरु अत्याधुनिक मेसिन पनि खरिद गरिने जानकारी पुनले दिएका छन्।

धातुको पाता काट्ने अत्याधुनिक लेजर कटिङ मेसिन कारखानामा कृषि औजार बनाउने क्रममा प्रयोग हुने तथा अनुसन्धानकर्तालाई पनि यो मेसिन उपलब्ध हुने पुनको भनाइ छ।

लेजर कटिङ मेसिनले फलाम, आल्मुनियमलगायत धातु काट्ने भएकाले मेसिनको प्रयोगले काम छिटोछरितो हुने कारखानामा कार्यरत प्रमुख इञ्जिनियर रितेश देवले जानकारी दिए।

अहिले खरिद गरिएको यो मेसिन कृषि औजार कारखानाको लागि एकदमै काम लाग्ने मेसिन भएको उनले बताए। लामो समयसम्म बन्द रहेको कृषि औजार कारखानालाई सरकारले ०७९ असोज ११ गते राष्ट्रिय आविष्कार केन्द्रलाई सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो।

केन्द्रले ०७९ साल माघदेखि कारखानामा काम गर्दैै आएको छ। आविष्कार केन्द्रले धान रोप्ने मसिन, ड्याङ बनाउने मेसिन, खाल्डो खन्ने औजार, आलु रोप्ने, आलु गोड्ने, घाँस तथा पराल काट्ने, धान काट्ने, प्लाष्टिक ओछ्याउने र केराको फाइबर निकाल्नेलगायत दस किसिमका मेसिन तयार गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?