
इन्टरमियामीले पहिलो पटक सपोर्ट सिल्डको उपाधि जितेको छ। लिओनल मेसी प्रेरित इन्टरमियामीले पहिलो पटक उपाधि जित्दा स्टार स्ट्राइकर मेसीले २ गोल गरे।
बिहीबाार बिहान भएको खेलमा मियामीले कोलम्बस क्रूलाई ३-२ ले पराजित गर्दा अर्को एक गोल लुइस सुआरेजको नाममा रह्यो।
यो मेसीले क्लब र देशका लागि जितेको ४६ औं ट्रफी हो। मियामीको भने यो उनको साथमा केवल दोस्रो उपाधि हो। खेलको ४५औं मिनेटमा मेसीले जोर्डी अल्बाको लामो पासलाई सदुपयोग गर्दै पहिलो गोल गरेका थिए।
पहिलो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा मेसीले करिब ३० यार्ड टाढाबाट गरेको दर्सनीय फ्रिकीक गोलमा परिणत हुँदा अग्रता दोब्बर बनाउन टोली सफल भयो। दोस्रो हाफको पहिलो मिनेटमै डिएगो रोसीले गोलमार्फत कोलम्बस खेलमा फर्कने प्रयासमा रह्यो।
तर, मियामीलाई दुई गोलको अग्रता लिन धेरै समय लागेन। त्यसको दुई मिनेटपछि नै सुआरेजलेहेडरमार्फत गोल गर्दै मियामीलाई ३–१ को अवस्थामा पुर्याए।
तर खेलको ६१औं मिनेटमा जुआन हर्नान्डेजले पेनाल्टीमा गोल गर्दै कोलम्बसलाई ३–२ को स्थितिमा पुगेको थियो। तर, ६३ औं मिनेटमा रुडी कामाचो दोस्रो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि कोलम्बस १० खेलाडीमा सिमित भयो। त्यसपछि पनि केही अवसर बनाएपनि कोलम्बसले गोल गर्न नसक्दा मियामी च्याम्पियन बन्यो।