रौतहटमा प्रहरीद्वारा चाडपर्व लक्षित सुरक्षा योजना लागू, ६९१ प्रहरी परिचालन

रौतहटमा प्रहरीद्वारा चाडपर्व लक्षित सुरक्षा योजना लागू, ६९१ प्रहरी परिचालन
+
-

वीरगञ्ज – रौतहटमा प्रहरीले बिहिबारदेखि चाडपर्ब लक्षित सुरक्षा योजना लागू गरेको छ। नेपालीहरूको महान् चाड बडादसैँ सुरु भएसँगै छठ पर्वसम्म कात्तिक २३ गतेसम्मका लागि जिल्लाभरिमा चाडपर्व लक्षित सुरक्षा योजना लागू गरिएको छ।

बडादशैंदेखि छठपर्वसम्म हुने यात्रा, मूर्ति सेलाउने, मेलामा हुने साँस्कृतिक कार्यक्रमका लागि चाडपर्व लक्षित सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालयका निम्ति सूचना अधिकारी रामकुमार महतोले जानकारी दिए।

यस अवधिमा जिल्लाभरिमा कुल ६ सय ९१ प्रहरी परिचालन हुने उनले बताए। योजनाअन्तर्गत गौर तथा चन्द्रपुर बसपार्क गरी दुई स्थानमा आठ जना प्रहरीसहित यात्रु सहायता कक्ष स्थापना गरिएको महतोले बताए।

यस्तै, चन्द्रपुर, गौर बसपार्क, कोप्वा पिपरिया, बमनाहरसमेत चार स्थानमा लामो दूरीको विशेष चेकिङ, गौर, चपुर, गरुडा, मौलापुर, विजयपुर लक्ष्मीनिया गरी सात स्थानमा बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि प्रहरी परिचालन गरिने रौतहट प्रहरीले जानकारी दिएको छ।

राजदेवी मन्दिर, गंगापिपरा, गौर, राजपुर गरी पाँच स्थानमा धार्मिक तथा पर्यटकस्थलको सुरक्षा, बेलबिछवा, गौर भन्सार, बन्जरहा, जयनगर, औरैया, मठिया, बंकुलसमेत गरी १० स्थानमा सिमानाका चोरी तस्करी नियन्त्रणअन्तर्गत प्रहरी परिचलान गरिएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’