सेनाइन डिस्टेम्पर भाइरस नेपालका चितुवाका लागि खतराको घण्टी: अध्ययन

सेनाइन डिस्टेम्पर भाइरस नेपालका चितुवाका लागि खतराको घण्टी: अध्ययन
+
-

सेनाइन डिस्टेम्पर भाइरस (सिडिभी) नेपालका चितुवामा पनि गम्भीर रुपमा फैलिएको हुनसक्ने एक अध्ययनले देखाएको छ। यो कुकुर र बिरालो प्रजातीका जनावरमा पाइने एक प्रकारको भाइरस हो।

वन्यजन्तु संरक्षणमा लागेका विज्ञ, तथा चिकित्सकहरुसहित १७ जनाको टोलीले तयार पारेको पछिल्लो रिपोर्ट (Phylogenetic analysis linked fatal neurologic disease in leopards (Panthera pardus) to Asia-5 lineage of canine distemper virus in Nepal)ले नेपालका जंगलमा पाइने मांसाहारी जनावरहरुमा यो भाइरस फैलिएको हुनसक्ने देखाएको छ।

सन् २०१६ देखि मरेका चितुवाबाट संकलन गरिएको नमुना परीक्षण गर्दा यो भाएरस पत्ता लागेको हो। २०१६ मा पाल्पा, २०१९ मा दोलखा, २०२१ काठमाडौँ, २०२३ मा पर्वतमा मरेका चितुवाबाट परीक्षणका लागि किड्नी, मस्तिस्क, मुत्रासयबाट नमुना संकलन गरिएको थियो।

‘हामीले संकलन गरको नमुनामध्ये काठमाडौँ र दोलखाको नमुना परीक्षण गर्दा कुकुरमा पाइनेजस्तै भाइरस पाइएको छ,’ राष्ट्रिय प्रकृति संरक्षण कोषका चिकित्सक अमिर सडौलाले बताए। ती चितुवाले सडकका कुकुर खाएको हुनसक्ने अनुमान उनीहरुले गरेका छन्। सडकका कुकुरमा यो भाइरस पाइने गरेको छ।

‘पाल्पा र पर्वतको नमुनामा भने फरक खालको भाइरस पाइएको छ,’ सडौलाले बताए। पाल्पा र पर्वतमा देखिएको भाइरस यसअघि जंगलमै देखिएको भाइरससँग मिलेको उनले बताए। यो भाइरस यसअघि भारतमा पनि देखिएको थियो जसका कारण २० वटा जंगली सिंह मरेका थिए।

यो भाइरसले चितुवामा गम्भीर खालको बिरामी पार्नसक्ने चिकित्सकहरुले बताएका छन्। यसले चितुवाको फोक्सो, पाचन प्रकृया र नसामा समस्या देखाउने सडौलाले बताए।

बर्दिया राष्ट्रिय निकुञ्जमा देखिएको चितुवा। तस्बिर: चुङ्वा शेर्पा

‘हामी यति नै मात्रामा छ भनेर अहिले भन्न सक्दैनौँ’, क्षेत्रीले भने, ‘तर हाम्रो अनुमान छ यो थुप्रै जनावरमा छ।’

वन्यजन्तु विज्ञ तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डा. नरेश सुवेदीका अनुसार कोर निकुञ्ज एरियामा कम होला तर बाक्लो बस्तीनजिक भएको शिवपुरी राष्ट्रिय निकुञ्जजस्तो निकुञ्जमा यो भाइरसबाट धेरै चितुवा संक्रमित हुन सक्छन्।

कुकुर र बिरालो प्रजातिमा पाइने यो भाइरसले जतिबेला पनि नेपालका जंगलमा पाइने यी प्रजातिलाई ठूलो क्षति पुर्‍याउन सक्ने वन्यजन्तु विज्ञ तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डा. नरेश सुवेदीले बताए। उनका अनुसार यो भाइरसले जनावरलाई कति असर गर्छ भन्ने कुरा यसको मात्राले निर्धारण गर्छ।

‘यो भाइरसको मात्रा कम पाएका छौँ जुन सकारात्मक कुरा हो,’ उनले भने, ‘यो अहिले त कम छ तर क्लाइमेट चेन्ज जस्ता कुराले यो भाइरसका लागि उचित वातावरण बन्यो र यसको मात्र ती जनावरमा बढ्न गयो भने कतिबेला ब्रेक भएर ठूलो क्षति पुर्‍याउछ थाहा छैन। अहिलेको अवस्था खतराको घण्टी हो।’

‘हाम्रा निकुञ्ज कार्यालयहरुमा यस्ता जनावरहरु उद्धार गरेर ल्याइन्छ र केही समयपछि कुनै पनि प्रकारको परीक्षण नगरेर छोडिन्छ। हामी सबैको सुझाव छ, समातेर ल्याइने जनावरलाई यस्तो प्रकारको परीक्षण गर्नुपर्छ,’ उनले भने।

‘यसको उपचार सम्भव छ,’ उनले भने, ‘यो भाइरस बोकेका जनावरको सम्पर्कमा आएर मात्र यो भाइरस सर्दैन, त्यसलाई मारेर खानु पर्छ।’

यो भाइरस पहिलो पटक सन् २००४ तिर रसियामा पाटे बाघमा देखिए पनि सन् १९९४ मा तान्जानियामा सबैभन्दा ठूलो महामारीको रुपमा देखिएको थियो। त्यतिबेला १ हजारभन्दा बढी सिंह र मांसाहारी जनावरको ज्यान लिएको एक अध्ययन (A canine distemper virus epidemic in Serengeti lions) ले देखाएको छ।

यो भाइरसले जनावरको ज्यानैसम्म जाने गर्छ। तान्जानियामा जस्तै महामारी जंगलका मांसाहारी जनावरमा आयो भने हाम्रोजस्तो जनावरको संख्या थोरै भएको देशमा पर्यावरणमा गम्भीर क्षति पुर्‍याउने विज्ञहरुको अनुमान छ।

यो भाइरस उष्ण प्रदेशीय (ट्रपिकल) जंगलका मांसाहारी जनावरमा पाइने जैविक विविधता संरक्षण केन्द्रका कार्यक्रम निर्देशक मधु क्षेत्रीले बताए।

नेपालमा चितुवाको संख्या गणना भएको छैन। संख्या यति नै छ भन्न सकिँदैन तर नेपालको तराईदेखि करिब ४२०० मिटरभन्दा माथिसम्म तराईमा पाइने चितुवा रेकर्ड भएको छ।

नेपालमा मुख्य रुपमा पाटेबाघ, चितुवा, स्याल, हाइना, जंगली कुकुरजस्ता मांसाहारी जनावर पाइने गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?