देश अभिभावकविहीन भएकाले राजा चाहियो भनेका हौंः राजेन्द्र लिङ्देन

देश अभिभावकविहीन भएकाले राजा चाहियो भनेका हौंः राजेन्द्र लिङ्देन
+
-

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशको अभिभावकत्वका लागि राजा चाहिएको बताएका छन्।

झापाको मेचीनगरस्थित काँकडभिट्टामा आयोजित राप्रपाको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको झापा जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष लिङ्देनले देश अभिभावबिहीनको अवस्थामा रहेकाले राजालाई अभिभावक बनाउनुपर्ने बताए।

उनले भने, ‘राजा आउँछन् र हामीलाई प्रधानमन्त्री बनाउँछन् भनेर राजा चाहियो भनेको होइन। देशको अभिभावकत्वका लागि राजा चाहियो भनेका हौं।’

ठूला राजनीतिक दलका नेताहरूकै कारण नेपालको अवस्था बिग्रिँदै गएको उनले बताए। देशको अवस्था बिग्रे नेताहरूको केही नबिग्रिने तर युवावर्गको भविष्य बिग्रिने उनले बताए।

लिङ्देनले भने, ‘यो देशको अवस्था बिग्रे नेताको केही बिग्रिँदैन। तपाईंहरूको भविष्य बिग्रिन्छ।’
इच्छाशक्ति देखाएर काम गरे पाँच बर्षमा देशको अवस्थामा सुधार हुने उनको भनाइ थियो। राप्रपाले सत्ताको नेतृत्व गर्ने मौका पाए दश बर्षमा युवालाई देशमै भविष्य खोज्ने वातावरणको निर्माण गर्ने उनले दाबी गरे।

राजनीतिमा अब युवाले हस्तक्षेप गर्नुपर्ने लिङ्देनले बताए। आफू पनि विद्यार्थी संगठनबाट राजनीतिमा आएको बताउँदै उनले अब युवावर्ग राजनीतिमा होमिनुपर्ने बताए। राप्रपाको विद्यार्थी संगठनमा आवद्ध भएपछि अनुशासित बन्नुपर्ने भन्दै विद्यार्थीहरूलाई उनले निर्देशन दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?