इंग्लिस प्रिमियर लिग:  युनाइटेड र चेल्सी बराबरीमा रोकिंदा टोटेनह्याम पराजित

इंग्लिस प्रिमियर लिग:  युनाइटेड र चेल्सी बराबरीमा रोकिंदा टोटेनह्याम पराजित
+
-

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र चेल्सी आ-आफ्नो खेलमा बराबरीमा रोकिंदा टोटेनह्याम भने अप्रत्यासित हारको सिकार भएको छ।

आइतबार राति भएको खेलमा भिल्ला पार्कमा युनाइटेड एस्टन भिल्लासँग गोलरहित बराबरीमा रोकियो। त्यस्तै अर्को खेलमा चेल्सी नोटिङ्घम फरेस्ट सँग १-१ गोलको बराबरीमा रोकिन पुग्यो।

म्यान्चेस्टर युनाइटेडको बराबरीले प्रशिक्षक एरिक टेन हागलाई सम्भावित वर्खास्तीको सम्भावनालाई केही धकेलेको अनुमान गरिएको छ।  मार्कस राशफोर्डले भिलाका गोलकिपर एमी मार्टिनेज विरुद्ध गोलका केही अवसर सदुपयोग गर्न सकेनन्। खेल अवधिभर सिमित अवसरमा गोल हुन सकेको थिएन्।

त्यस्तै अर्को खेलमा चेल्सीले १-० ले पछि परेको अवस्था उल्टाएर कम्तिमा एक अङ्क हासिल गर्यो। खेलमा नोटिङ्घमले क्रिस वुडको गोल मार्फत ४९ औ मिनेटमा अग्रता लिएको थियो। तर चेल्सीले नोनी मडुएकेको गोलमार्फत खेल बराबरीमा ल्याएको थियो। स्टामफोर्ड ब्रिजमा तनावपूर्ण बनेको खेलमा ७८ औ मिनेटमा १० खेलाडीमा समेटिएको थियो।

त्यस्तै अर्को खेलमा ब्राइटनसँग टोटेनह्याम ३-२ ले स्तब्ध बन्यो। २ गोलको अग्रता जोगाउन नसक्दा टोटेनह्याम अनपेक्षित हारको सिकार भयो। खेलमा टोटेनह्यामले ब्रेनान जोनसोनको गोलमार्फत २३ औं मिनेटमा अग्रता बनाएको थियो। जेम्स म्याडिसनले ३७ औ मिनेटमा अग्रता दोब्बर बनाए। तर दोस्रो हाफमा टोटेनह्याम १८ मिनेट भित्र ३ गोल खान पुग्यो। ४८ औ मिनेटमा यांकुबा मिन्टेले गोल गर्दै ब्राइटनलाई खेलमा फर्काउने प्रयास गरेका थिए। लगतै जियोरजिनियो रूठेले ५८ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याउँदा ब्राइटनका लागि निर्णायक गोल भने ड्यानी वेलबेकले ६६ औं मिनेटमा गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?