
वीरगञ्ज – वीरगञ्जमा एमएडब्ल्यु ग्रुपको फोटोन ईलेक्ट्रिक कारको साे रुमको सोमबार उदघाटन गरिएको छ। वीरगञ्ज महानगरपालिका–१२ मुर्लीस्थित ईलेक्ट्रिक कारकाे साे रुमको वीरगञ्ज महानगरका उपप्रमुख ईम्तियाज आलमले एक कार्यक्रमबीच फिता काटेर उदघाटन गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख आलमले ईलेक्ट्रिक कार खरिद गर्न वीरगञ्जभन्दा बाहिर जानुपर्ने अवस्था रहेकोमा अब ईलेक्ट्रिक कारको शोरुम वीरगञ्जमै खुलेकोले खुशी ब्यक्त गरे। उनले ईलेक्ट्रिक कारको प्रयोगदेखि बिक्री वितरणले नागरिकदेखि ब्यापारी दुबैलाई फाईदा रहेको बताए।
शोरुममा अहिले १५ र १० सिट भएको फोटोन दुईवटा मोडलको कारा उपलब्ध छ। दशैंको बेला भएकोले शोरुम खुल्नुभन्दा अघि नै कारको बुकिङ समेत भएको शोरुमले जानकार दिएको छ। १५ सिट भएको कार एकपटक चार्ज गरेपछि दुई ३५ किलोमिटरसम्म चलाउन सकिन्छ। कारमा तीन लाख किलोमिटर र पाँच वर्षको वारेन्टी हुनुका साथै २० प्रतिशत डाउन पेमेन्टमा फाईनान्सको पनि सबिधा शोरुमले उपलब्ध गराएको छ।
हरेक सिट फोल्डिङ भएको तथा एसीको पनि सुबिधा छ। पछिल्लो समय पेट्रोलियम पदार्थ डिजेल र पेट्रोल महँगो हुँदै गएको अवस्थामा इलेक्ट्रिक कारतर्फ ग्राहकहरुको झुकाव बढेकोले इलेक्ट्रिक कारको शोरुमा वीरगञ्जमा पनि खुल्न थालेका छन्। यसअघि एक महिना पहिले पनि वीरगञ्जकै गण्डक चोकमा पनि मधेस प्रदेशकै ठूलो ईलेक्ट्रिक कारको शोरुम खुलेको थियो ।