सुपारी कृषक भन्छन्ः सुपारी आयात गर्ने सरकारको निर्णय ‘कृषकमारा’ निर्णय

सुपारी कृषक भन्छन्ः सुपारी आयात गर्ने सरकारको निर्णय ‘कृषकमारा’ निर्णय
+
-

झापा- सरकारले औद्योगिक प्रयोजनका लागि भन्दै सुपारी आयात खुल्ला गर्ने निर्णय गरेको केही दिन भएको छ। चालू आर्थिक वर्ष ०८१/८२ मा उत्पादनमूलक उद्योगको कच्चा पदार्थका रूपमा प्रयोग गर्ने गरी सुपारी खुलाएको सरकारले जनाएको छ।

सरकारले निकासी–पैठारी (नियन्त्रण) ऐन, २०१३ को व्यवस्थाअनुसार यी वस्तुको आयातमा बन्देज लगाउँदै आएको थियो।

तर, सरकारले औद्योगिक प्रयोजनका लागि भन्दै बेला-बेला सुपारी आयात खुलाउने गरेको छ।

यस बर्ष पनि सरकारले राजपत्रमा सूचना प्रकाशन गर्दै चालू आवका लागिसमेत आयात खुला गरेको जनाएको हो ।

‘उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचको पैठारीलाई व्यवस्थित गर्नेसम्बन्धी कार्यविधि, २०७८’को प्रक्रिया पूरा गरी आव ०८१/८२ मा औद्योगिक प्रयोजनका लागि मात्र कच्चा पदार्थका रूपमा केराउ (एचएस कोड ०७१३.१०.००), सुपारी (एचएस कोड ०८०२.८०.००) र मरिच (सेतो मरिच एचएस कोड ०९०४.११.२० र कालो मरिच एचएस कोड ०९०४.११.३०) को पैठारी गर्न अनुमति दिने निर्णय गरेकाले यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा उल्लेख छ ।

पूर्वी नेपालका तराईका जिल्लामा फलेको सुपारी बिक्री गर्न किसानलाई धेरै कसरत गर्नु परिरहेका बेला सरकारले तेस्रा मुलुकहरूबाट सुपारी आयात खुल्ला गरेको हो।

नेपालमा औद्योगिक प्रयोजनका लागि १० हजार मेट्रिकटन मात्रै सुपारीको खपत हुने गरेको व्यवसायीहरू बताउँछन्।

नेपालका सुपारी किसानहरूका अनुसार नेपालमा खपत हुने सुपारीको परिमाण नेपालमै उत्पादन हुने गरेको छ। तेस्रा देशहरूबाट सुपारी आयात गर्ने कुराले नेपाली सुपारी कृषकहरूलाई जहिले चिड्याउने गरेको छ।

उनीहरू भन्छन्, ‘नेपालकै सुपारी बिक्री नभएको अवस्थामा विभिन्न मुलुकबाट ल्याएको सुपारीले हामीलाई मर्कामा पार्छ। हाम्रो सुपारी बिक्दैन।’

तेस्रा देशहरूबाट आयात गरिएको सुपारीको मूल्य नेपालको सुपारी भन्दा सस्तो पर्ने व्यवसायीहरूको भनाइ छ। नेपालमा खपत हुने भन्दा धेरै मात्रामा सुपारी आयात गरिए चोरी निकासी हुँदै भारत नै नपठाए उपाय छैन।

त्यही कारण कहिलेकाहिँ सीमामा निकै तनाव तथा झडपको स्थिति पनि सिर्जना हुने गर्छ।

नेपाल सुपारी खेती विकास संस्थाका अनुसार सुपारी आयात मात्र खुलाउने गरिएकाले नेपालको उत्पादन कुहिएर जाने अवस्था छ। नेपालको सुपारी कृषक तथा व्यवसायी प्रत्यक्ष मारमा परेको संस्थाका अध्यक्ष देवी खतिवडाले बताए।

उनले भने, ‘हाम्रो उत्पादनको निर्यात नखुलाउने तर विभिन्न मुलुकबाट आयात खुलाउने निर्णयले हाम्रा कृषकलाई सोह्रै आनामा मार परेको छ। सरकारले के गरेको हो थाह छैन।’

उनका अनुसार संसदीय समितिको अध्ययन प्रतिवेदन तथा सुपारी कृषकका सुझाव सरकारले सुन्दैन। धेरै पटक काठमाडौँ गएर सरकारलाई कृषकको पक्षमा कुरा सुनाउँदा पनि आयातमात्र खुल्ला गरेर कृषकमारा काम गरेको दुःखेसो उनले सुनाए।

खतिवडाले भने, ‘यस्तै पाराले हो समृद्धिबारे सरकारलाई पढाउनु पर्ने भो।’

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?