हड्डीरोग विशेषज्ञ डा. कैलाश भण्डारी अहिले जोरपाटीस्थित अपांग अस्पतालका कार्यकारी निर्देशकको भूमिकामा छन्। गैरनाफामुखी यस अस्पतालमा हड्डीसँग सम्बन्धित बिमारहरुमा सहुलियतपूर्ण दरमा सेवा पाउँछन्।
कैलाश भण्डारी हड्डीसँग सम्बन्धित सेवामा मात्र केन्द्रित छैनन्, विपत्पछिको उद्धार र राहतमा पनि चासो राख्छन्। देशसञ्चार चौतारीको यसपटकको अंकमा उनले आफ्नो विशेषज्ञता र विपद् व्यवस्थापनबारे कुरा गरेका छन्। यसबाहेक उनले आफ्ना दाजु एमाले नेता मदन भण्डारी र आफ्नो परिवारको आध्यात्मिक चेतबारे पनि खुलस्त कुरा गरेका छन्। ‘जीवनको वास्तविकता खोज्ने क्रममा म पनि अध्यात्म क्षेत्रम लागेँ,’ उनले भने।
उनले सबै क्षेत्रको नेतृत्वले गल्ती स्वीकार्न सक्ने साहस राख्नुपर्ने पनि देशसञ्चार चौतारीका क्रममा बताए। ‘म आफ्ना सहकर्मी तथा नेपालका अहिलेका शासकलाई आफ्ना गल्ती स्वीकार्न सक्ने गरी साहसी बन्न सुझाउँछु,’ उनले भने।
पूरा अंश:

भर्खरै
लोकप्रिय






































































































































































































