
काठमाडाैँ – ललितपुरको खोकनामा सिकाली जात्रा मनाइएको छ। देशभर बडादशैँकाे राैनक भइरहेको खोकनामा भने सिकाली जात्रा मनाइएको हो।
खोकनाका नेवार समुदायले बडादशैँ नमनाउने तथा खोकना जात्रा र सिकाली जात्रा मनाउने परम्परा छ। उक्त जात्रामा यस क्षेत्रका सासंद् तोसिमा कार्कीको पनि उपस्थिति थियो।
दसैँको घटस्थापनाको पर्सिपल्ट (आश्विन शुक्ल तृतीय तिथि)को दिनदेखि सुरु हुने यो जात्रा मङ्गलबार सिकाली चौरमा नचाइएकाे हाे।
सिकाली जात्रामा काली, विष्णु, भैरव, महादेव, रुद्रायणी, गणेश, हनुमान, कुमार, ब्रह्मा, इन्द्रायणी, महाकाली, कुमारी र वाराही देवगणका रूपमा छन् भने विभिन्न बाजागाजा बजाउनेहरू सयौँको सङ्यामा छन्।