
झापा- झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ८ गरामनीमा आइतबार सन्थाल नृत्यसहितको मेला आयोजना गरिएको छ।
गरामनीमा प्रत्येक वर्ष विजयादशमीको भोलिपल्ट एकादशीका दिन सन्थाल नृत्यसहितको मेला आयोजना गर्ने गरिन्छ।पूर्वी नेपालका आदिवासी सन्थाल जातिको सांस्कृतिक नृत्य हरेक वर्षको दसैँमा मुख्य आकर्षण बन्ने गरेको छ। झापा र मोरङका विभिन्न ठाउँमा लाग्ने मेलाहरूमा संस्थाल समुदायले सामूहिक नृत्य देखाउँदै आएका छन्।
सोही अनुसार झापाको गरामनीमा सन्थाल समुदाय विभिन्न टोलीहरूले सन्थाल नृत्य प्रस्तुत गरेका हुन्। झापाको गरामनी, कमल गाउँपालिकाका पाडाजुँगी, मंगलबारे, गेउरिया, तोपगाँछीका विभिन्न ठाउँ, गौरादह, गौरीगञ्जका विभिन्न स्थानमा लाग्ने मेलाहरूमा सन्थाल जातिको नृत्य मुख्य आकर्षण बन्ने गरेको छ।
गरामनीमा आयोजित सन्थाल नृत्य कार्यक्रमका झलक: