ओलीको क्षेत्र दमकमा बन्यो भ्यु टावर, छैन सञ्चालनको ‘मोडालिटी’

ओलीको क्षेत्र दमकमा बन्यो भ्यु टावर, छैन सञ्चालनको ‘मोडालिटी’
+
-

झापा- डेढ अर्ब रुपैयाँभन्दा बढी लगाएर पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित झापाको क्षेत्र नं ५ को दमकमा ‘भ्यू टावर’ निर्माणको काम करिब सम्पन्न भइसकेको छ।

तर, भ्यु टावर बनिसक्दा पनि त्यस्को सञ्चालन ‘मोडालिटी’ तय भइसकेको छन्। त्यहाँ के-के बन्ने, के-के राख्ने, कुन-कुन व्यवसाय राख्ने भन्नेबारेमा कुनै निर्णय भइसकेको छैन। निर्माणको काम करिब सम्पन्न भइसकेर अब उद्घाटन र सञ्चालन गर्न बाँकी छ।

जनताको आधारभूत आवश्यकता पूरा गर्न नभइ केही व्यक्तिहरूको लाभलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त भ्यू टावर निर्माण गरिएको ओलीमाथि आरोप पनि लाग्दै आएको छ।

एमालेका कार्यकर्तालगायत दमक क्षेत्रका स्थानीयबासीले भ्यू टावर निर्माणले दमक क्षेत्रको विकासमा टेवा पुर्याउने भन्दै ओलीको प्रशंसा पनि गर्ने गरेका छन्।

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय झापाका अनुसार भ्यु टावर सञ्चालनको कार्यविधि नै बनिसकेको छैन। १८ तलासम्म ७२ मिटर र थप २८ मिटर मेटल फ्रेमको टावर निर्माण सम्पन्न भइसकेको छ।

भ्यू टावर जस्ता थुप्रै विकास निर्माणका काम ओलीको क्षेत्रमा केन्द्रित छन्। तर दलको प्रमुख नेता तथा प्रधानमन्त्री भइसकेका मान्छेले समग्र जिल्ला वा देशलाई नै प्राथमिकतामा राखेर विकासका काम अघि बढाउने पर्ने भन्दै ओलीको आलोचना गर्ने गरेका छन्।

ओली सरकारले झापाका लागि ल्याएका योजना अलपत्र

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा अन्य जिल्लाको तुलनामा थुप्रै योजना चालु आर्थिक बर्षको बजेटमा राखिएका थिए।

केही महत्वाकांक्षी योजना कार्यान्वयन त परैको कुरा सुरुवातसमेत भएका छैनन्। बालबालिकाको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराई बहुआयामिक विकास गर्न झापाको दमकमा गुणस्तरीय शिक्षासहितको चिल्ड्रेन ‘प्याराडाइज’  स्थापना गर्ने योजना ओली सरकारले बजेटमा राखेको थियो।

ओली सरकारले दमक– ३ स्थित हम्सेदुम्से सामुदायिक वनमा ३५ हजार दर्शक क्षमताको अन्तर्राष्ट्रियस्तरको मदन भण्डारी रंगशाला निर्माण गर्न बजेट विनियोजन गरेको थियो।

ओलीकै पालामा दमक नगरपालिकामै बहुतले बस पार्कसहित सिटी पार्कका लागि पनि संघीय सरकारले बजेट छुट्याएको थियो।

दमकमै आगामी दुई वर्षभित्र ‍औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण सम्पन्न गरिने बजेटमा उल्लेख गरिएको थियो। सोही क्षेत्रको शिलान्यास ओलीले प्रधानमन्त्री भएका बेला गरिसकेका छन्। तर, ती योजनाले मूर्तरुप पाएको छैन।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?