चिया निर्यात हुने मुलुकहरूमा दर्ता भएन तयारी अर्थोडक्स चियाको ‘ट्रेड मार्क’

चिया निर्यात हुने मुलुकहरूमा दर्ता भएन तयारी अर्थोडक्स चियाको ‘ट्रेड मार्क’
+
-

झापा- नेपालका करिब एक सय चालु अर्थोडक्स चिया कारखानामध्ये अहिलेसम्म देशभर २४ वटा चिया कारखानका उत्पादनले व्यापारिक चिन्ह ‘ट्रेड मार्क’ पाएका छन्।

नेपालमा उत्पादित अर्थोडक्स चियाको अन्तर्राष्ट्रिय बजार बिस्तारका लागि भन्दै व्यापारिक चिन्ह ‘ट्रेड मार्क’ लागू भएको लामो समय बिते पनि थोरै उद्योगले मात्र व्यापारिक चिन्ह पाएका हुन्।

व्यापारिक चिन्ह पाउन योग्य हुनका लागि असल कृषि अभ्यास जरुरी हुने सरकारी अधिकारी बताउँछन्।

उत्पादनको अति न्यून परिमाणमा मात्र तेस्रा देशहरूमा नेपालको चिया निर्यात हुने गरेकोमा व्यापारिक चिन्ह जति धेरै उद्योगले लिए त्यति नै चिया बजारीकरणमा एक रुपता आउने उद्योगीहरूको भनाइ छ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार ट्रेड मार्क पाउनेमा अधिकांश इलामका चिया उद्योगहरू रहेका छन्। इलामका १९ वटा उद्योगले तयारी चियाको ट्रेड मार्क पाएका हुन्।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अधिकृत इन्द्र अधिकारीका अनुसार नेपालका २४ अर्थोडक्स चिया उद्योगले उक्त व्यापारिक चिन्ह प्राप्त गरेका छन्। नेपालमा एक सय भन्दा बढी साना-ठूला अर्थोडक्स चिया उद्योग छन्।

पहाडी भूभागमा उत्पादन हुने र तेस्रा मुलुकहरूमा समेत निर्यात हुने नेपालको अर्थोडक्स चियाको अन्तर्राष्ट्रिय बजारमा निकै माग बढेको चिया उद्योगी बताउँछन्। उक्त चिया निकै महंगो मूल्यमा बिक्री हुने गर्दछ। तर, अन्य देशहरूमा ट्रेड मार्क दर्ता गर्ने कामले निरन्तरता नपाउँदा एउटै ट्रेड मार्कमा नेपालको चिया निर्यातमा समस्या देखिएको छ।

नेपालको करिब ६५ लाख केजी तयारी अर्थोडक्स चियाको ९० प्रतिशत हिस्सा भारतका मण्डीमा लगेर बेच्नुपर्छ। त्यसैलाई निरुत्साहित गर्न भनेर चिया उत्पादनको मापदण्ड पूरा गर्दै व्यापारिक चिन्ह प्रदान गरेर अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको पहुँच बढाउन चाहेको चिया तथा कफी विकास बोर्डका पदाधिकारी बताउँछन्।

नेपालमा उत्पादित अर्थोडक्स चियाले बर्षेनी औसतमा अढाई करिब तीन अर्ब रुपैयाँ आर्जन गरिरहेको चिया उद्योगी बताउँछन्। तेस्रा मुलुकहरूमा नेपालको चियाको पहुँच बढ्न सके उक्त आर्जन अझ बढ्ने उनीहरू बताउँछन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?