पसलमा चोरी गर्न जाँदा चोरेको पैसा नक्कली परेपछि……

पसलमा चोरी गर्न जाँदा चोरेको पैसा नक्कली परेपछि……
+
-

वीरगञ्ज – किराना पसलबाट चोरी गरेको आरोपमा नक्कली नोटसहित एक जना रौतहटबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा परोहा नगरपालिका– २ बस्ने १९ बर्षीय अभिषेक कुमार यादव छन्।

पक्राउ परेका यादवसहित तीनजनाले सोमबार राति साढे दुई बजेको समयमा सोही नगरपालिकाको वडा नम्बर ४ स्थित हवारी चोकमा इशराइल मियाँले संचालन गरेको किराना पसलमा चोरी गरेका थिए।

चोरी भएको सुचना प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट लौकाहाबाट गएको प्रहरी टोलीले चोरी गर्ने मध्ये यादवलाई पक्राउ गरेको थियो ।पक्राउ परेका उनको साथबाट नेपाली नक्कली नोट एक हजार दरको दुई थान बरामद गरिएको रौतहटका प्रहरी प्रवक्ता एवं डिएसपी दिपक कुमार रायले जानकारी दिए।

बरामद भएको नक्कली नोट बारे सोधपुछको क्रममा पसलबाट नै उक्त नोट चोरी गरेको भनि बयान दिएको रायले बताए। अन्य दुई जना भने फरार रहेको उनले बताए। नक्कली नोट र चोरीको बिषयमा थप अनुसनधान भने गरिरहेको तथा पक्राउ परेका यादवलाई चोरी तथा खोटा चलन सम्बन्धी कसूर मुद्दामा अनुसन्धान भईरहेको र फरार दुई जनाको खोजी जारी रहेको रायको भनाइ छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?