
झापा- ६९औँ प्रहरी दिवस जिल्ला प्रहरी कार्यालय झापाले बुधबार बिहान एक कार्यक्रमको आयोजना गरी मनाएको छ।
जिल्ला प्रहरी कार्यालय भद्रपुरमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारीलाई प्रहरीले सलामी अर्पण गरेको थियो।
सो अवसरमा रक्तदान कार्यक्रम पनि गरिएको थियो।
जिल्ला प्रहरी कार्यालयमा श्रद्धाञ्जली समारोह पनि आयोजना गरिएको छ। प्रत्येक वर्ष असोज मसान्तमा नेपाल प्रहरीले प्रहरी दिवस मनाउँदै आएको छ।
थप तस्बिरहरू: