प्रहरीको कार्यक्रममा बोलाइएन स्थानीय जनप्रतिनिधि, भन्छन्-‘मर्यादाक्रम मुख्य कारण’

प्रहरीको कार्यक्रममा बोलाइएन स्थानीय जनप्रतिनिधि,  भन्छन्-‘मर्यादाक्रम मुख्य कारण’
+
-

झापा- जिल्ला प्रहरी कार्यालय झापाले बुधबार बिहान ६९औं प्रहरी दिवस विविध कार्यक्रम गरी मनायो। तर, हरक्षण सहयोग लिने स्थानीय सरकारका जनप्रतिनिधिहरू कसैलाई पनि जिल्ला प्रहरी कार्यालयले खबर गरेन।

कार्यक्रममा जनप्रतिनिधिहरूको उपस्थिति किन नभएको? भनेर प्रश्न गर्दा मर्यादाक्रमका कारण गाह्रो भएको प्रहरी अधिकारीहरूले जवाफ दिए।

जिल्ला प्रहरी कार्यालय झापा मातहतका विभिन्न स्थानीय तहमा रहेका इलाका प्रहरी तथा प्रहरी चौकीले गाडीमा पेट्रोल हाल्नदेखि सवारी साधन मर्मत तथा अन्य आवश्यक सहयोग सामाग्री सहयोगका लागि स्थानीय सरकारलाई गुहार्ने गरेका छन्।

तर, प्रहरीको ‘उत्सव’को मानिने प्रहरी दिवसको औपचारिक कार्यक्रममा तिनै स्थानीय सरकारका प्रमुख, उपप्रमुख तथा अन्य जनप्रतिनिधि कोही पनि देखिएनन्।

जिल्ला प्रहरी कार्यालयले मनाएको प्रहरी दिवसमा आफूहरूलाई निमन्त्रणा नआएकोमा स्थानीय सरकारका जनप्रतिनिधि आश्चर्यचकित भएको बताउँछन्। जिल्ला प्रहरी कार्यालय झापा रहेको पालिका भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले प्रहरी दिवसमा सहभागिताका लागि आफूलाई कुनै जानकारी नआएको बताए।

उनले भने, ‘मलाई केही पनि थाह छैन। प्रहरी त हाम्रो हो। हामी सरकारमा छौं। हाम्रो सहयोग उहाँहरूलाई चाहिन्छ, उहाँहरूको सहयोग हामीलाई। किन नबोलाएको हो? एक पटक सोधिदिनु न।’

मर्यादाक्रमलाई लिएर नै लिएर नबोलाएको हो भने राम्रो नभएको स्थानीय सरकारका जनप्रतिनिधिहरूले बताएका छन्। भद्रपुर नगरपालिकाका प्रमुख पोखरेल भन्छन्, ‘हामीलाई प्रमुख अतिथि किन चाहियो र। बस्ने ठाउँ दिए पुगिहाल्छ नि। प्रमुख अतिथि सिडियो साब हुँदा हामीलाई के आपत्ति र?’

प्रहरी दिवसमा स्थानीय सरकारका प्रमुख, उपप्रमुख तथा अन्य जनप्रतिनिधिहरूलाई निमन्त्रणा नगरेकोमा चासोको विषय भएको उनले बताए।

जिल्ला प्रहरी कार्यालयका अधिकारीहरूका अनुसार सबै १५ वटा पालिकाका जनप्रतिनिधिलाई बोलाउँदा सामर्थ्य नपुग्ने भएकाले नबोलाइएको हो।

झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले भने, ‘बोलाएपछि सामर्थ्य पनि पुर्‍याउनुपर्छ। एक जना माननीयज्यूले पनि इच्छा गर्दागर्दै पनि हामीले रोक्नुपर्यो।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?