
वीरगञ्ज – चोरी गरेको मोटरसाइकलसहित प्रहरीले पर्साबाट तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–९ बस्ने २१ बर्षीय सिद्धार्थ चौधरी, वडा नम्बर ८ बस्ने २४ बर्षीय बिशाल दास थारु र वडा नम्बर २ बस्ने ३० बर्षीय प्रितमकुमार महतो छन्। असोज २५ गते पर्साको सखुवा प्रसौनी गाउँपालिका– १ निवासी शिवदत दास थारुको ना ५१ प ७४३५ नम्बरको यामाहा मोटरसाइकल उनको घरबाट चोरी भएको थियो।
चोरी भएको उक्त मोटरसाइकल खोजतलास गर्ने क्रममा पर्सागढी नगरपालिका–९ कोइलाभारस्थित पक्राउ परेका सिद्धार्थ चौधरीले चलाइरहेको अवस्थामा फेला पारेको थियो। चौधरीसित सोधपुछ गर्दा अन्य दुई जना समेतलाई थप चारवटा मोटरसाइकलसहित पक्राउ गरिएको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी दीपक भारतीले जानकारी दिए।
पक्राउ परेका चारै जनाविरुद्ध चोरी तथा डाँकासम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको भारतीले बताए।