बिर्तामोडका विद्यालयहरूमा एक महिना लामो पर्व बिदा: शिक्षक हर्षित, अभिभावक असन्तुष्ट

बिर्तामोडका विद्यालयहरूमा एक महिना लामो पर्व बिदा: शिक्षक हर्षित, अभिभावक असन्तुष्ट
+
-

झापा- झापाको बिर्तामोड नगरपालिकाले एक महिनाभन्दा लामो दसैँ-तिहार-छठ पर्व बिदा दिएको छ। एक महिनाभन्दा लामो बिदा दिएका कारण छोरा-छोरीको पढाई बिग्रिने भन्दै केही अभिभावकहरूले असन्तुष्टि जनाएका छन्।

असोज १७ गते घटस्थापनाका दिनदेखि छठ पर्व सकिएको दुई दिनपछि कात्तिक २५ गते विद्यालय लगाउने गरी नगरपालिकाले ३७ दिन लामो बिदा दिएको हो।

शिक्षकहरूले सबै चाडबाड आनन्दले मनाउन पाउने भन्दै खुसी व्यक्त गरेका छन्।

हिउँदे र बर्खे बिदा कट्टा गरेर एक महिने दसैँ विदा दिइएको बिर्तामोड नगरपालिका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले बताए। उनले प्याव्सन, एन प्याव्सन, शिक्षक महासंघलगायतका संघ संगठनको सल्लाह अनुसार नै सो बिदा पारित गरिएको जानकारी दिए।

लामो समयसम्मको बिदा दिँदा पढाई बिग्रिने भएकाले नचाहँदा नचाहँदै बिदा दिनुपरेको नगरपालिकाका एक अधिकृतले बताए।

विद्यालयहरुले आ-आफ्नो शैक्षिक क्यालेन्डरमा एक महिने विदा उल्लेख गरेका थिएनन्। शैक्षिक क्यालेन्डरमा उल्लेख नगरिएको बिदा दिन नमिल्ने भन्दै बिर्तामोडका केही संस्थागत विद्यालयहरुले नगरपालिकाको त्यस निर्णयलाई नमान्ने भएका छन्।

बिर्तामोडका लिटल फ्लावर्स, बाल्मीकि, तक्षशीला, कंचनजंघालगायतका संस्थागत विद्यालयहरुले दसैँपछि पठनपाठन सुरु गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?