‘रवि लामिछाने जुनसुकै बेला पक्राउ पर्न सक्ने’

‘रवि लामिछाने जुनसुकै बेला पक्राउ पर्न सक्ने’
+
-

काठमाडौँ- सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिने तयारी गरेको छ।

संसदीय छानबिन समितिको प्रतिवेदनले गोरखा मिडिया नेटवर्कका सञ्चालकहरू सहकारीको रकम दुरुपयोगमा संलग्न रहेको ठहर गरेको छ।

गोरखा मिडियाका चारजना सञ्चालकमध्ये छवि जोशी दसैँअघि नै पक्राउ परेर अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्। अब लामिछानेलाई पनि अनुसन्धानको दायरामा ल्याउन सरकार तयार रहेको र उनलाई जुनसुकै बेला पक्राउ गर्न सकिने स्रोतले देश सञ्चारलाई जानकारी दिएको छ।

‘उहाँलाई पनि अनुसन्धानको दायरामा ल्याएर संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ भन्ने आवाज सरकारमा रहेको दलभित्र निरन्तर उठिरहेको छ। उनी जुनसुकै बेला पक्राउ पर्न सक्छन्,’ स्रोतले भन्यो।

गोरखा मिडिया नेटवर्कमा सहकारीबाट गैरकानुनी रुपमा ६५ करोडभन्दा बढी ल्याएर अपचलन गरिएको एमाले सांसद सूर्य थापा नेतृत्वको छानबिन समितिको निष्कर्ष छ।

लामिछानेलाई छविसँगै पक्राउ गर्ने तयारी गरिएपनि अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनका कारण रोकिएको थियो।

प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिने तयारी गरेपछि प्रतिपक्षी दलहरूको बैठक नयाँ बानेश्वरमा बसेको छ। बैठकको एजेण्डा समसमयिक विषय भनेपनि लामिछानेको विषय बैठक केन्द्रित रहने एक नेताले जानकारी दिए।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’