बारामा युवक मृत भेटिएको घटनाः श्रीमती पक्राउ, सँगै मेलामा गएका भारतीय नागरिक फरार

बारामा युवक मृत भेटिएको घटनाः श्रीमती पक्राउ, सँगै मेलामा गएका भारतीय नागरिक फरार
+
-

वीरगञ्ज – बिहीबार बाराको प्रसौनी गाउँपालिकास्थित नहरको डिलमा मृत अवस्थामा भेटिएका वीरगञ्जका युवककी श्रीमतीलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ।

मृत फेला परेका वीरगञ्ज महानगरपालिका–३ निवासी २६ वर्षीय वीरेन्द्र साह सोनारकी श्रीमती मनीषा देवीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। घटनाको बारेमा सोधपुछको लागि मनीषालाई बिहीबार नै नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।

यसैबीच मृतक सोनारका परिवारजनले उनको हत्या भएको आरोप लगाएका छन्। सोनारको हत्या बारास्थित मुसहर्वामा लागेको मेला हेर्न उनीसँगै गएका भारतीय नागरिक विजय गुप्ताले गरेको उनीहरुले आरोप लगाएका छन्।

विजय विगत साढे तीन वर्षदेखि सोनारको वीरगञ्जस्थित घरमा भाडामा बस्दै आएका थिए। गत असोज २७ गते आइतबार साँझ साढे ५ बजे विजय र वीरेन्द्रसँगै बारास्थित मुसहर्वामा लागेको मेलमा हेर्न गएका थिए। सोही राति साढे १२ बजे विजय मेलाबाट फर्केको तर वीरेन्द्र नफर्केपछि परिवारजनले खोजी गरेका थिए।

मंगलबारसम्म घरमै रहेका विजयसँग आफ्नो भाइको बारेमा सोधपुछ गर्दा अक्मकाएको र आफ्नी बुहारी मनीषाले विजयको हात नभएको भनि बचाउ गरेको वीरेन्द्रका दाइ सुरेन्द्र साह सोनारले बताए।

असोज २६ गते शनिबार वीरेन्द्र र विजयको बीचमा विवादसमेत भएकाले विजयले नै आफ्नो भाइको हत्या गरेको भन्दै उनलाई पक्राउ गर्न सुरेन्द्रले माग गरेका छन्।

विजयलाई भगाउन बुहारी मनीषाको हात रहेको दाबी गर्दै सुरेन्द्रले घटनाको बारेमा सत्यतथ्य छानबिन गर्न आग्रह गरेका छन्। विजय घरबाट फरार भएपछि मोबाइलमा म्यासेज पठाएर वीरेन्द्र गण्डक नहरनजिकै रहेको बताएको र आफूहरु त्यहाँ पुग्दा भाइको शव पहिचान गरेको सुरेन्द्रको भनाइ छ।

फरार रहेका विजयको खोजी भइरहेको प्रवक्ता सापकोटाले बताए। हालसम्म भने वीरेन्द्रको परिवारको तर्फबाट जाहेरी नपरेको बताउँदै उनले घटनाको विस्तृत विवरण भने एक दुई दिनमै पोष्टमार्टम रिपोर्ट आएपछि थाहा हुने जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?