झापा हल्दीबारीबाट १३ जुवाडे पक्राउ, प्रहरीले दिन्छ पक्राउ परेकाहरूबारे गलत सूचना

झापा हल्दीबारीबाट १३ जुवाडे पक्राउ, प्रहरीले दिन्छ पक्राउ परेकाहरूबारे गलत सूचना
+
-

झापा – झापाको हल्दिवारी–१ गोलधापबाट १३ जना जुवाडे पक्राउ परेका छन्।

आइतबार राति हल्दिबारी –१ गोलधाप बजार बस्ने गजेन्द्र काङबाङको घरमा जुवाजन्य तास तथा कौडा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो। तर, प्रहरीले घटना ढिलो गरेर सार्वजनिक गरेको छ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले नगद ८३ हजार २८५, कौडा १६ थान, तास ४६९ थान, खाल १ थान, काठको फ्रेम १ थान, स्क्रिन टच मोबाइल ११ र किप्याड मोबाइल २ थान बरामद गरेको छ।

पक्राउ पर्नेहरुमा हल्दिबारी– १ बस्ने वर्ष ६३ का यज्ञराज त्रिताल, सोही ठाउँ बस्ने वर्ष ४५ का बिरबहादुर गुरुङ, वर्ष ४२ का रामनाथ साह, वर्ष ६१ का भानुभक्त न्यौपाने, वर्ष ६२ का अशोक राई, सरोज दाहाल, वर्ष ३८ का प्रकाश गुरुङ, बिर्तामोड– ५ बस्ने वर्ष ५२ का राजन चुडाल, भद्रपुर १० बस्ने वर्ष ५५ का राजेन्द्र तुलाधर, सोही ठाउँ बस्ने वर्ष ४३ का यादव भट्टराई, वर्ष ५८ का रामबाबु राउत, वडा नं ७ बस्ने वर्ष ४५ का बिशाल अधिकारी र वडा न. ८ बस्ने सुवास न्यौपाने रहेका छन्।

पक्राउ पर्नेहरु कर्मचारी र राजनीतिकर्मी पनि रहेका छन्। पक्राउ परेका भद्रपुर १० का यादव भट्टराई खानेपानी कार्यालयका कर्मचारी हुन् भने हल्दिवारी १ का सरोज दाहाल एमालेनिकट युवा संघको कार्यकर्ता भएको बताइएको छ।

उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले बताए।

जुवाडेको पहिचान लुकाउने प्रयास


पक्राउ परेका जुवाडेको नाम प्रहरीले गलत दिने गरेको खुलेको छ। राति हल्दिवारीमा पक्राउ परेका धेरैजनाको नाम, थर, वतन र उमेर लुकाउने प्रयास प्रहरीबाटै भएको छ।

प्रहरीले खानेपानीका कर्मचारी यादव भट्टराईको नाम माधव भट्टराई, हल्दिवारी–१ का भानुभक्त न्यौपानेको थर भानुभक्त नेपाली, प्रकाश गुरुङको थर प्रकाश गिरी भनेर पत्रकारहरूलाई टिपाएको छ। त्यस्तै, नचिनोस् भनेर धेरैजनाको उमेर गलत लेखिएको छ।

यसअघि झिलझिलेमा नेपाली कांग्रेस झापाका सहसचिव कमल भण्डारी जुवा खेल्दै गर्दा पक्राउ परेकोमा प्रहरीले उनको नाम मिलन भण्डारी भनेर सार्वजनिक गरेको थियो।

पक्राउ परेकाहरुले भनेको आधारमा प्रहरीले नाम टिपेर सार्वजनिक गर्ने गरेको बताएको छ। तर, पछि नागरिकता मगाउन लगाई उनीहरुको नाम, थर र वतन प्रहरीले यकिन गर्ने गरेको छ। असली नाम थर वतन पत्ता लागे पनि प्रहरीले त्यसलाई सार्वजनिक गर्ने गरेको छैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?