
वीरगञ्ज- प्रहरीले बाराबाट अन टेस्ट माोटरसाइकलमा ल्याउँदै गरेको २७ किलो गाँजा पक्राउ गरेको छ ।
बाराको सुवर्ण गाउँपालिका- ३ बतौरा नहरस्थित चेकजाँच गर्नेक्रममा उक्त परिमाणको गाँजा प्रहरीले पक्राउ गरेको हो ।
चेक जाँच गर्ने क्रममा कञ्चनपुरबाट बतौरातर्फ चलाई आउँदै गरेका ब्यक्ति प्रहरीलाई देखेपछि अन टेस्ट मोटरसाइकल छाडेर फरार भएका थिए ।
प्रहरीले मोटरसाइकलपछाडि बाँधेको बोराभित्रबाट दुई पोकामा रहेको २७ किलो गाँजा बरामद गरेको बाराका प्रहरी प्रबक्ता एवम् डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।
गाँजा बरामद गरी आवश्यक कानुनी प्रकृया अगाडि बढाइएको तथा फरार ब्यक्तिको खोजी कार्य भइरहेको उनले बताए ।