युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै

युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै
+
-

वीरगञ्ज- गत कार्तिक १ गते बिहीबार बाराको प्रसौनी गाउँपालिकास्थित नहरको डिलमा मृत अवस्थामा भेटिएका वीरगञ्जका युवक २६ बर्षीय बरेन्द्र साह सोनारको हत्यामा संलग्न मुख्य अभियुक्त भनिएकालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

उनको हत्यामा संलग्न रहेका मुख्य अभियुक्त भारत रक्सौल निवासी बिजय गुप्तालाई प्रहरीले पक्राउ गरेको हो । गुप्तालाई मंगलबार राति पर्सा वीरगञ्ज महानगरपालिका-१६ ईनर्वाबाट पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

पक्राउ परेका गुप्ता नै घटनाको मुख्य अभियुक्त भएको भनि प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । मृतक सोनारकी श्रीमती मनिषा देबी पनि सोधपुछको लागि प्रहरी हिरासतमै रहेको सापकोटाले बताए ।

‘घटनाको मुख्य अभियुक्त विजय नै हुन्। उनलाई पक्राउ गरिसकेका छौं। अझै थप अनुसन्धान गर्न बाँकी नै छ, ‘ उनले भने, ‘मृतककी श्रीमती पनि प्रहरी नियन्त्रणमा नै हुनुहुन्छ ।’ सोनारको शव भेटिएको दिन नै प्रहरीले मनिषालाई सोधपुछको लागि नियन्त्रणमा लिएको थियो ।

मृतक सोनारको घरमा डेरा गरि बस्ने बिजय र वीरेन्द्र गत असोज २७ गते आइतबार साँझ साढे ५ बजे बारास्थित मुसहर्वामा लागेको मेलमा हेर्न गएका थिए ।

सोही राति साढे १२ बजे विजय मेलाबाट फर्केको तर वीरेन्द्र नफर्केपछि परिवारजनले खोजी गरेका थिए । तर सोनारको शव कार्तिक १ गते बिहीबार नहरको डिलमा भेटिएको थियो ।

यसबीचमा बिजय घरबाट फरार भएका थिए । शव भेटिएपछि मृतक सोनारका परिवारजनले बिजयले नै हत्या गराएको आरोप लगाएका थिए ।मृतकका दाई सुरेन्द्रले बुहारी मनिषाले बिजयसित भाइको बारेमा सोधपुछ गर्दा उल्टै बिजयको बचाउ गरेको बताएका थिए ।

जसका कारणले बिजय र मनिषाकै मिलेमतोमा आफनो भाइको हत्या भएको सुरेन्द्रको आशंका छ । वीरेन्द्रको घरमा डेरा गरि बस्ने विजयको मनिषासित बिबाहेतर सम्बन्ध रहेको परिवारजनको भनाइ छ ।

सोही कारणले वीरेन्द्रको हत्या विजयले नै गरेको हुनसक्ने भन्दै परिवारजनले घटनाको सुक्ष्म अनुसन्धान गरि सत्य तथ्य बाहिर ल्याउनु पर्ने बताउँदै आएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?