पर्साको बहुदरमाई नगरपालिकाले ल्यायो तीन महिना ढिलो गरी बजेट

पर्साको बहुदरमाई नगरपालिकाले ल्यायो तीन महिना ढिलो गरी बजेट
+
-

वीरगञ्ज – पर्साको बहुदरमाई नगरपालिकाले चालु आर्थिक वर्ष ०८१/८२ का लागि ४९ करोड ९३ लाख ३३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

आर्थिक वर्ष सुरु भएको तीन महिना ढिलो गरी नगरपालिकाले बिहीबार ११ औँ नगर सभाबाट बजेट ल्याएको हो। नगर कार्यपालिकाको कार्यालय बहुअरी पिडरीको सभाहलमा चालु आव ०८१/८२ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको थियो।

‘बहुदरमाई बासीको रहर, स्वच्छ सुन्दर सुरक्षित समृद्ध नगर’ भन्ने नाराका साथ आयोजित नगरसभामा नगरपपालिकाकी उपमेयर सुष्मा कुशवाहाले बजेट प्रस्तुत गरिन्।

बजेटमा संघीय सरकार समानीकरण अनुदानबाट १२ करोड २९ लाख, संघीय सरकार सर्शत अनुदान १९ करोड २९ लाख ९ हजार, संघीय सरकारको विशेष अनुदानबाट १ करोड ५० लाख र राजश्व बाँडफाट ९ करोड ७१ लाख प्राप्त हुने अनुमान गरिएको छ।

त्यसैगरी प्रदेश सरकार समानीकरण अनुदान ८९ लाख ४ लाख, सर्शत अनुदानबाट ९५ लाख, विशेष अनुदान ३० लाख, समपूरक अनुदान २० लाख र राजश्व बाँडफाटबाट ३० लाख ४० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

नगरपालिकाको आन्तरिक स्रोतबाट ३ करोड ५४ लाख ६० हजार प्राप्त हुनेछ। यसैगरी बजेटमा जिल्ला समन्वय समिति तथा अन्य निकायबाट निकास मौज्दात ४९ लाख ८४ हजार, स्थानीय शासन तथा सामुदायिक विकासको ५० लाख, सडक बोर्ड सशर्त अनुदान ४० लाख प्राप्त हुनेछ।

बजेट नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ, कृषि, भौतिक पूर्वाधार, पर्यटन प्रवर्द्धन,उद्यमशीलता, रोजगारीलगायतमा जोड दिइएको छ।आर्थिक वर्ष शुरु भएको लामो समयसम्म पनि जनप्रतिनिधिबीचको विवाद र बजेट बाँडफाँटको विषयलाई लिएर पटक–पटक नगरसभा स्थगित हुँदै आएको थियो।

बजेट नआउँदा नगरपालिकाका कर्मचारीहरुले चाडपर्वमा समेत तलबभता पाएका थिएनन्। पालिकामा हुने विकास निर्माणका कामहरुसमेत ठप्प रहेको थियो। स्थानीय सरकार सञ्चालन ऐनअनुसार स्थानीय पालिकाले असार मसान्तसम्ममा बजेट ल्याइसक्नुपर्ने प्रावधान छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?